चुनाव सकिएको डेढ वर्ष पुग्नलाग्दा पनि उस्तै रिस ?
सिन्धुली । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको गत मंसि रमै एक वर्ष पुरा भइसकेको छ । चुनावका बेला तत्कालीन एमाले र माओवादीकेन्द्रवीच तालमेल भई एक खालको परिणाम आएर अहिले नेकपाको नेतृत्वमा सरकार बनेको पनि वर्ष दिन भइसेकको छ । यो वीचमा केन्द्रमा पार्टी एकताले पूर्णता नलिए पनि जिल्ला, क्षेत्र, नगरस्तरमै भए पनि स्वतःस्फूर्त रूपमा एकताको काम भइ पनि रहेका छन् । तर, चुनाव पछि यति लामो समय बितिसक्दा पनि तत्कालीन माओवादी नेताहरूवीच चुनावको बेला टिक नपाएको झाेंकमा शुरु भएको घोचपेच अझै रोकिएको छैन ।
गत शुक्रबार नारी दिवसको अवसर पारेर दुधौली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए, सो क्षेत्रका प्रदेशसभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन) । उनलाई प्रमुख अतिथिका रूपमा नल्याउन पोलिटव्यूरो सदस्य विषमलाल अधिकारी दनुवारलगायतले निकै कसरत गरे । तर त्यो कसरत असफल भयो । दाहाल त्यो कार्यक्रममा गएको तत्कालीन माओवादी केन्द्रका अर्का नेता डम्बर कार्कीलाई पनि मन परेको थिएन । अहिले पार्टीको प्रदेश कमिटीमा सिफारिस कार्कीले नारी दिवसको उक्त कार्यक्रम सकिनासाथ आफ्नो असन्तुष्टि आफ्नो फसबुक वालमा पोखे । उनले लेखे, ‘आज नारी दिवसको दिन भाका मिलाईमिलाई पुरुष बासेको पनि देखियो ।’ उनले यसो भनेर सिधै दाहालमाथि निसाना लगाएका थिए ।
कार्कीले दाहालविरुद्ध यस्तो कुण्ठा पोख्नुको खास कारण भने गत निर्वाचनसँग जोडिएको छ । दाहालको भुगोल क्षेत्र नं २ हो । तर, चुनावमा उनी उनी उठे, क्षेत्र नं १ को ‘ख’ बाट । त्यहाँबाट चुनावमा उम्मेदवारका लागि सिफारिस भएका थिए, कार्की । तर, माथि केन्द्रले टिकट दियो, दाहाललाई । पार्टी कमिटीले दाहालको चुनावको कमाण्डर कार्कीलाई बनायो । तर जुन चुनावीसभामा कार्कीले सम्बोधन गर्न थाल्थे दाहालको मुख कालो निलो हुन्थयो । कारण, टिकट नपाएको झोकमा उनी उम्मेदवार दाहालविरुद्ध विषवमन गर्थे । बोल्न नदिऔं, चुनावी कमाण्डर नै उनै । बोल्न दिऊ आफै विरुद्ध खनिने । यस्तो सकसका बीच पनि दाहालले चुनाव जितेका थिए । तर, त्यतिबेलादेखिको रिस अहिले पनि माझामाझ भएको छैन ।
गत शनिबार संवाद समूहले जिल्लाको खनियाँखर्कमा जिल्लाका सबै सांसद र नेकपाका शीर्ष नेतृत्वसँग सिन्धुलीको समृद्धिबारे साझा एजेन्डा बनाउन संवाद कार्यक्रम राखेको थियो । त्यहाँ पनि कार्कीले दाहालतिर लक्षित गर्दै आफ्ना भनाइ राखे । आफू मात्र नभएर श्रीमतीलाई पनि अवसर दिलाउने प्रवृत्ति नेताहरूमा विकास भएको भन्दै कार्कीले नेतृत्वको आलोचना गरेका थिए । सांसद दाहालकी पत्नी दिपा बोहरा सुनकोशी गाउँपालिका प्रमुख छिन् । स्रोतका अनुसार दाहाल र संघीय सांसद सदस्य हरिबोल गजुरेलप्रति जिल्लामा तत्कालीन माओवादीका अरू नेताहरू एक ठाउँमा छन् । पोलिटब्युरो सदस्य दनुवार, कार्की, रुद्र ठाडा, निरु दर्लामी, गणेश बुढाथोकीलगायत सबै दुई नेताविरुद्ध एक ठाउँ उभिएका थिए । संगठन हाँक्ने कुनै क्षमता नै नभएका ,कार्यकर्ता पंक्तिवाट पनि अपरिचित रामककुमार पौडेललाई गजुरेल र दाहालले जिल्ला अध्यक्षमा सिफारिस गरेको पनि अरुले रुचाएका छैनन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply