एनआईसीको ‘एक नेपाली, एक डिम्याट खाता’

काठमाडौं । एनआईसी एसिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको वर्षका पमा सञ्चालन गर्ने भएको छ । व्यक्तिको सबल आर्थिक भविष्यका लागि लगानीको महŒव साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको थालनी गरेको हो ।
एनआईसी एसिया क्यापिटलले आम जनतामाझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरी ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सुरु गरेको जनाएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप टेवा पु¥याउन २०७६ असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरेकोे छ । अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरूलाई लगानीका नयाँ अवसरबाट फाइदा लिन सघाउ पु¥याउने विश्वास लिइएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नवीनतम सेवाका रूपमा स्थापना गर्ने कार्य गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply