डीआईजीमाथि प्रश्नैप्रश्न
काठमाडौं । नेपाल प्रहरीमा नयाँ प्रहरी ऐनमा दरबन्दी थपेर एआईजी हुने दाउमा रहेका मेट्रोका डीआईजी शैलेश थापा विवादमा तानिएका छन् । व्यावसायिक प्रहरी अधिकारीका रूपमा चिनिएका थापा पछिल्लो समय कमाइमा लागेको थाहा भएको छ । राजनीतिक लबिङ गरी संशोधन प्रक्रियामा रहेको ऐनमा एआईजी पद थपेर बढुवा हुने दाउमा रहेका उनलाई सबैलाई रिझाएर काम गर्न खोज्दा प्रश्न उठेको हो । पछिल्लो समय नेताहरूको घर दौडाहामा रहेका उनले प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरी अधिकृतको इसारामा चल्न थालेको बताइएको छ । महानगरीय आयुक्तको कार्यालयका प्रमुख थापा नेपाल प्रहरीमा एक सक्षम र व्यावसायिक प्रहरी अधिकारीका रूपमा चिनिए पनि पछिल्लो कालमा उनले त्यो व्यावसायिक छवि कायम राख्न नसकेको चर्चा छ । आयुक्त थापाको पछिल्लो कार्यसम्पदानमा प्रश्न उठेपछि आईजीपी सर्वेन्द्र खनाल पनि उनीप्रति सकारात्मक हुन नसकेको बताइएको छ । आयुक्त कार्यालयका डीआईजी थापा वृत्तका डीएसपीहरूले मनपरी गरे पनि कानुनी दायरमा ल्याउन अक्षम बनिरहेका देखिन्छ । दरबारमार्ग वृत्तमा तत्कालीन डीएसपी दानबहादुर मल्लले गुन्डाको अखडा नै बनाए पनि उनले स्पष्टीकरण सोध्न सकेनन् । प्रचण्डका बडीगार्ड रहेका मल्ललाई कारबाही गर्दा प्रचण्ड रिसाउने डरले थापाले केही पनि गर्न नसकेको बताइएको छ । त्यति मात्र होइन, महाराजगन्जमा चर्किएको २३ लाख काण्डले उग्र रूपमा लिँदा उनले डीएसपीलाई बचाउन खोजेको भूमिका पनि शंकास्पद देखिन्छ ।
इन्सपेक्टर दिनेश भण्डारीले पैसा लिएको काण्डमा पीडितले आफ्नो २३ लाख पैसा मुद्दा मिलाइदिन्छु भन्दै लिएको गुनासो लिएर पुगेका व्यक्तिलाई उल्टै गाली गरेर वृत्तबाट निकाल्ने डीएसपी फणीन्द्र प्रसार्इंको उक्त पैसामा भागबन्डा छैन भन्ने आधार भेटिँदैन । त्यस्तो हुँदा पनि महारजगन्ज वृत्तका डीएसपीमाथि पनि डीआईजी थापाको संरक्षण रहेको बुझिएको छ । वृत्तमा चर्किएका उक्त काण्डमा उनले स्वयं छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्नेमा त्यसो नगरी प्रहरी अधिकृतको पक्ष लिनु रहस्यमय रहेको बताइन्छ । डीआईजी थापाको सचिवालयमा रहेका प्रहरी निरीक्षक सुवास गुरुङले डीआईजी थापालाई घुमाउँदै आएको र उनी त्यही भ्रममा परेकोसमेत बताइएको छ । अहिलेसम्म गुरुङ जागिर खाएदेखि काठमाडौं नछाड्ने र मेट्रो प्रमुखको नाममा रकम असुली गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
जागिर अवधिभर लेखामा बसेका गुरुङले भ्रष्टाचार गरेको पैसाले धापासीमा साढे तीनतले घर बनाएका छन् । हाल रानीपोखरीको इन्टेलिजेन्स शाखामा कार्यरत गुरुङले डीआईजी थापालाई गलत रिपोर्टिङ गर्दै आएको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply