नुन कारोबारमा फेरि माफियाको गिद्धेदृष्टि
काठमाडौं । जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने नुनजस्तो अति संवेदनशील खाद्यवस्तुको व्यापार हत्याउन एउटा माफिया समूह योजनाबद्ध ढंगले लागेको छ । नेपाभरि सरकारी स्वामित्वको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले मात्र आयोडिनयुक्त नुनको कारोबार गर्न स्विकृति पाएको एउटा माफिया समूह चोरबाटोबाट यो क्षेत्रमा प्रवेश गर्न लागेको हो । प्रचलित ऐनकानुनविपरीत पछिल्लो समयमा सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री–वितरणका लागि भन्दै मिलेनिया ग्लोबल कम्पनीले डिलरसिपको सार्वजिनक माग गरेको छ । त्यसका लागि यही वैशाख ५ गतेको कान्तिपुर दैनिक पत्रिकामा विज्ञापन नै जारी गरेर जनतालाई भ्रम फैलाएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
पत्रिकामा सम्पर्क ठेगाना उल्लेख गरिएको बत्तीसपुतलीस्थित कार्यालयको ठेगानामा फोन गर्दा आफूहरूले ल्याउन लागेको नुन कालो नुन अथात् बिरे नुन भएको भनिए पनि उनीहरूले सहकार्य गर्ने कम्पनी भारतस्थित टाटा साल्टले बिरेनुन नै उत्पादन नगर्ने गरेको बताइन्छ । त्यसैले उनीहरू चोरबाटोबाट सरकारी अधिकारीलाई प्रभावित पारेर नुन व्यापारमा छिर्ने दुस्साहसमा लागेको बताइएको छ । मिलेनिया ग्लोबल नामको उक्त कम्पनी नेपाल चिनी उत्पादक संघका नाममा विवादास्पद काम गरेर प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई झुक्याउने शशिकान्त अग्रवालका भतिजोको नाममा रहेको बुझिएको छ । त्यसैले कालो नुनको नाममा नुन व्यापार भिœयाएर जनताको स्वास्थ्यमाथि खेलबाड गरी अर्बौ कमाउने खेलमा उनै शशिकान्त अग्रवालहरू नै लागेको बुझिएको छ ।
मिलेनिया ग्लोबल कम्पनीको नामबाट देशभर नुनको बिक्री–वितरण गर्ने भन्दै डिलरसिपको माग गरेकोमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आपत्ति जनाएको छ ।
कम्र्पोरेसनका अनुसार मिलेनिया ग्लोबल कम्पनीले गैरकानुनी तवरबाट टाटा साल्ट (नुन) को बिक्री–वितरणका लागि डिलरको माग गर्नु विद्यमान कानुनविपरीत छ । कपोरेसनका डिभिजनल मेनेजर बज्रेश झा नेपालमा सरकारले कर्पोरेसनबाहेक अन्य कुनै संस्थालाई नुन कारोबार गर्न अनुमति नै नदिएको बताउँछन् । ‘२०७३ चैत ३ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयअनुसार नुनजन्य सामग्रीको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्र गर्न पाउने अनुमति छ,’ उनले भने ।
मन्त्रिपरिषद्को निर्णयविपरीत कम्पनीले नुन आयात तथा बिक्री गर्ने र उक्त नुन देशभर बिक्रीका लागि डिलरको माग गरेकोमा कर्पोरेसनको आपत्ति रहेको उनी बताउँछन् । त्यो त राजधानीको मुटु बत्तीसपुतलीजस्तो ठाउँमा नै कार्यालय राखेर दैनिक पत्रिकामा नुन बिक्रीका लागि डिलरसिपको माग गर्दा समेत सम्बन्धित निकायबाट कुनै अनुसन्धान नहुनु रहस्यमय रहेको बताइन्छ ।
कम्पनीको सबै कारोबार भारतीय नागरिक नौसात यमतले हेर्दै आएको बताइएको छ । विज्ञापन कालो नुनको गरिएपनि सो कम्पनीले सेतो नुनको नै कारोवार गर्न लागेको बताइन्छ । यसो गर्नु भनेको जनता र आमउपभोक्ता झुक्याउने काम भएको उपभोक्तावादीहरू बताउँछन् । यसो गर्नु प्रचलित कानुनको समेत उल्लंघन भएकामा सरोकारवालाहरूको आपत्ति रहेको बताइन्छ । त्यासो त सामान नै नल्याईकन बजारबाट डिलरसिपका नाममा बजारबाट पैसा उठाउन खोज्नुमा ठगीको मनशाय समेत रहेको बुझिन्छ । चिनी किसानहरूको ठूलो अंकको बक्यौता रकम नतिरेर भाग्दै हिँडेपछि उद्योगमन्त्री मातृका यादवले प्रहरी प्रयोग गरेर शशिकान्त अग्रवाललाई पक्राउसमेत गर्न लगाएका थिए ।
भारतमा टाटा साल्टको सो नुन १७ भारतीय रुपैयाँमा बिक्री हुँदै आएको छ । नेपालमा भने साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसरी बिनास्वीकृति सो कम्पनीबाट अनधिकृत रूपमा नुन भिœयाउदा गुणस्तरसमेत चेकजाँच नहुने र जनस्वास्थ्यमा समेत गम्भीर असर पुग्ने बताइन्छ । सो सम्वन्धमा अग्रवालसँग सम्पर्क हुन सकेन भने बिजनेस हेडका रूपमा रहेका यमतको नम्बरमा पनि फोन सम्पर्क हुन सकेन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गर्दा अहिलेसम्म मिलेनिया नामको कम्पनीले नुनलगायत अन्य वस्तुको आयात निर्यात गर्न आधिकारिक रूपमा कुनै पनि अनुमति नदिएको बताएको छ । तर, कर्मचारीहरू भने यस विषयमा आफूलाई ‘कोट’ नगर्न आग्रह गर्छन् । मन्त्रालयका एक उच्च कर्मचारीले नाम नलेख्ने सर्तमा भने, ‘अहिलेसम्ममा सो कम्पनीले कुनै पनि स्वीकृति भने मन्त्रालयबाट लिएको छैन ।’
मन्त्रिपरिषद्को निर्णयले नुनको कारोबार साल्ट ट्रेडिङले मात्र गर्न पाउने अधिकार छ तर माफियाहरू त्यो अधिकार फुत्काउन पाइन्छ कि भनी तीव्र लबिङमा भने लागिरहेको मन्त्रालय स्रोतको भनाइ छ । मिलेनियाले नेपालका लागि १६ वटा विदेशी वस्तुको एक मात्र आधिकारिक वितरक भएको दाबी गरेको छ । एमएस समूहकै लागि नयाँ बिजनेसको रूपमा रहेको भन्दै नुन समेतको कारोबार सुरु गरेको दाबी उक्त कम्पनीले गरेको हो ।
सो कम्पनीले अमेरिका, जर्मनी, भारत, जापानलगायत मुलुकबाट सामान आयात गर्ने गरेको दाबीसमेत गरेको छ । नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शक्ति, भानु र आयो नुन बिक्री–वितरण गर्दै आएको छ भने सो ब्रान्डमध्ये आयोनुन बढी लोकप्रिय छ ।
के छ मन्त्रालयको पत्रमा ?
मन्त्रिपरिषद्को २०७३ चैत ३ गते बसेको बैठकबाट निर्णय भई कर्पोरेसनको कार्यालयमा २०७३ चैत ७ गतेको चलानी नम्बर ५७७ को पत्रअनुसार हालसम्म कर्पोरेसनबाहेक अन्य कुनै पनि कम्पनीले नुनजन्य वस्तुको आयात तथा बिक्रीवितरण गर्न नपाउने उल्लेखसहितको पत्र रहेको छ ।
तर मन्त्रिपरिषद्को निर्णयलाई बेवास्ता गर्दै मिलेनिया ग्लोबल कम्पनी नामक संस्थाले नुनको डिलरसिपको सूचना कसरी निकाल्यो भन्ने विषय रहस्यमय बनेको छ । कम्पनीले सरकारसँग इजाजत नलिइकन वा कालोनुनको इजाजत लिएर सेतो नुन आयात गर्न साँच्चै लागेको हो भने उक्त धन्दा गैरकानुनी र ठगि हुने स्पष्ट छ । जानकारहरू कम्पनीले डिलरसिपका लागि भन्दै रकम संकलन गर्ने र उक्त रकम लिएर भाग्ने समेत संभावना रहेको बताउँछन् ।
मिलेनिया ग्लोबल कम्पनी प्रालिको नाममा आईएसओ सर्टिफिकेट ९००१ः२०१५ नम्बर समेत रहेको भन्दै कम्पनीले विज्ञापन गर्दै आएको छ ।
उखु किसानको नाममा सरकारसँग लिएको करोडौं अनुदान रकमलाई व्यक्तिगत काममा खर्च गरी किसानलाई मारमा पार्ने व्यक्तिले गैरकानुनी रूपमा नुनको बिक्री गर्न खोज्दा पनि सरकारी अधिकारीहरू मौन रहनुले यसमा ठूलै गिरोहको हात रहेको आशंका गरिएको छ ।
टाटा साल्ट नै ‘नक्कली’
त्यसो त भारतमा समेत हिन्दुस्तान साल्ट मात्र सक्कली कारोबार गर्ने कम्पनी भएको बताइन्छ । साल्ट ट्रेडिङले भने सोही कम्पनीसंग कारोेबार गर्दै आएको छ । नेपालमा नुन बजारको राम्रो सम्भावना देखेर यसमा हात हाल्न भारतका अन्य निजी कम्पनीहरूले यसअघि निकै प्रयास नगरेका पनि होइनन् । महŒवपूर्ण कुरा त के छ भने भारतमा टाटा साल्टको आफ्नै कारखानासमेत छैन । उसले अन्य कारखानाहरूबाट आफ्नो नाममा प्याकिङ गर्न मात्र लगाउने गरेको र त्यसैबाट बीचमा कमिसन खाने गरेको छ । यस्तो ‘जब वर्क’ अर्थात् आफ्नै कारखाना नभए पनि अन्यत्र कारखानासँग सम्झौता गरी आफ्नो नाममा प्याकिङ गराउने चलन भारतमा पर्याप्त मात्रामा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply