ओली भोली भारत जाने
काठमाडौं । गत साता सम्पन्न लोकसभा निर्वाचनमा एक्लै झन्डै दुई तिहाइ सिट प्राप्त दल भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालको प्रधानमन्त्रीका रूपमा भोलि पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भोली त्यसतर्फ जाँदै छन् ।
मोदीको शपथग्रहण समारोहमा भाग लिन बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरिएको छ । सोमबार मात्रै निम्तो आएको हो । पहिलो कार्यकालमा मोदीले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए । यसपटक भने उनले बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदै छन् । बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् । सार्क राष्ट्रका सदस्य पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य पाँच मुलुक बिमस्टेकमा सदस्य छन् । बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् ।
प्रधानमन्त्रीका रूपमा ओलीले भोलि गर्ने भारत भ्रमण तेस्रो हो । यसअघि पहिलोपटक प्रधानमन्त्री भएका बेला नाकाबन्दीपछि भारत भ्रमण गरेका थिए भने दोस्रोपटक आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी भारत भ्रमणमा गएका थिए । ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply