प्राधिकरणमा कसले मार्लान् बाजी ?
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि कसले उक्त आकर्षक पदमा बाजी मार्ने हो भन्ने कौतुहलता बढाएको छ । प्राधिकरणको अध्यक्षका दाबेदारहरूलाई आवेदन दिन सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले छनोट समिति गठन गरी काम अघि बढाएको थियो ।
गत जेठ २७ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार असार १२ सम्ममा १२ आकांक्षी देखिएपछि ती आकांक्षीमध्ये प्रारम्भिक छनोट प्रक्रिया मनत्रालयले अघि बढाएको छ । त्यसका लागि प्राधिकरणको नेतृत्व गर्न आ–आफ्नो व्यावसायिक कार्ययोजनासहित उपस्थित हुन मन्त्रालयले सूचना गरेकोमा यही असार १६, १७ र १८ गतेका लागि आवदेकहरूलाई मन्त्रालयमा बोलाएको छ ।
प्राधिकरणको अध्यक्षका लागि कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालसहित जनक शिक्षा सामग्री केन्द्रका पूर्वमहाप्रबन्धक अनिलकुमार झा, पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलगायतले आवेदन दिएका थिए । यसैगरी सो दौडमा देवनारायण यादव, रोहित रौनियार, नन्दविक्रम अधिकारी, गोविन्दप्रसाद दाहाल, मधुसूदन कर्माचार्य, डिल्लीप्रसाद चौधरी, प्रकाश बराललगायतको आवेदन परेको छ । यसमध्येबाट मन्त्रिपरिषद्मा तीनजनाको नाम सिफारिस हुने र मन्त्रिपरिषद्ले एकजनालाई निर्णय गर्ने बताइएको छ ।
आमजनतामा दूरसञ्चार सेवा प्रदायकको नियमनकारी निकाय प्राधिकरणलाई चिनाउने काम गरेको श्रेय विगतमा दिगम्बर झाले नै गरेका थिए । यसअघिका दूरसञ्चारका विज्ञहरूले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गर्न नसकी थुप्रिएको थियो । झाले प्राधिकरणको नेतृत्व गरेपछि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याएर सूचनाको महामार्गमा लाने कामको सुरुवात गरेका थिए । पछि झाका बारेमा विवाद भएपछि उनलाई राजीनामा दिन लगाएर खनालबाट प्राधिकरणको काम गराउँदै आइएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै अर्का निर्देशक आनन्दराज खनाललाई काजमा मन्त्रालय तानेको थियो । यसअघि सरकारले प्राधिकरणको अध्यक्ष पदको आवेदन माग गर्दा आनन्दराज र पुरुषोत्तम खनाल दुवैले दाबी प्रस्तुत गरेका थिए । पुरुषोत्तम खनाललाई भने छनोट समितिले उत्कृष्ट तीनजनाको सूचीमा समावेश गरी सिफासिर गरेको थियो । त्यही सिफारिसका आधारमा गत भदौ २० गते मन्त्रिपरिषद्ले दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । उनको नियुक्तिको नेकपाभित्रै विरोध भएपछि झालाई राजीनामा दिन लगाइएको थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply