सदस्य–सचिव नियुक्त
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सदस्य–सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको बैठकले श्रेष्ठलाई सदस्य–सचिवमा नियुक्त गरेको हो ।
बोर्डका वरिष्ठ अधिकृत नलिनी थापाले स्वास्थ्य समस्या देखाएर भ्रमण वर्षको सदस्य–सचिव पदबाट राजीनामा दिएपछि करिब तीन महिनायता सो पद खाली थियो । सदस्य–सचिव नभएपछि केही व्यक्तिलाई विज्ञ र परामर्शदाताका रूपमा नियुक्त गरे पनि भ्रमण वर्षको कामले सोचेअनुरूप गति लिन सकेको थिएन । सदस्य–सचिव थापाले राजीनामा दिएपछि त भ्रमण वर्षको काम सुस्त नै बन्न पुगेको थियो । अहिले भने भ्रमण वर्ष नजिकिँदै गएको हुँदा श्रेष्ठलाई सदस्य–सचिवमा नियुक्त गरिएको छ । भ्रमण वर्ष प्रारम्भ हुन ३५ दिनजति मात्र बाँकी रहेको हुँदा पर्यटन मन्त्रालयलाई यतिबेला चटारो परेको छ । भ्रमण वर्षको राष्ट्रिय संयोजक सुरज वैद्यले राम्ररी संयोजन गर्न नसक्दा पहिलादेखि नै कामहरू प्रभावित बन्दै आएका थिए । काम प्रभावित बन्न थालेपछि भ्रमण वर्षलाई सफल तुल्याउन मन्त्री योगेश भट्टराईले नै तत्परता देखाउँदै आएका छन् ।
सदस्य–सचिवमा नियुक्त श्रेष्ठलाइ पर्यटन क्षेत्र बुझेको व्यक्तिका रूपमा लिइन्छ । उनले दुई कार्यकाल नेपाल टे«किङ एजेन्सी एसोसियसन (टान) को उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका हुन् । ग्रेट हिमालय टे«लको परामर्शदाता, पासाङल्हामु प्रतिष्ठानका महासचिव रहिसकेको श्रेष्ठले नेपाल पर्वतीय प्रतिष्ठानको जिम्मेवारी पनि सम्हालेका थिए ।
यसैबीच, आगामी सन् २०२० जनवरी १ को दिन नेपाल भ्रमण वर्षको कार्यक्रम दसरथ रंगशालाबाट शुभारम्भ गर्ने तय भएको छ । सोमबार बसेको भ्रमण वर्ष मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने सो कार्यक्रममा ४० देशका पर्यटन मन्त्रीहरू आउने बताइएको छ । २० लाख पर्यटक भिœयाउने योजनासहित भ्रमण वर्ष सुरु हुन लागेको हो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply