खरेल धरापमा
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलको जागिर धरापमा परेको छ । निगमबाट एकपटक बीचै अवधिबाट राजीनामा दिए पनि पुनः नियुक्ति भएर आएका उनी पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्ति भएर आएपछि धरापमा परेका हुन् । झापाली भएकै कारण प्रधानमन्त्री केपी ओलीसँग निकट सम्बन्ध बनाएका खरेल स्वर्गीय रवीन्द्र अधिकारी पर्यटन मन्त्री भएर आएसँगै निगमका आएका थिए । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सौता हाल्न कार्यकारी अधिकारसहितको अध्यक्ष भनिए पनि खरेलले निगमको सुधारमा कुनै पहल गर्न सकेका छैनन् । बरु, उल्टो उनको पालामा निगमका हुने फजुल खर्च झनै बढेको बताइन्छ । त्यसैले मन्त्री भट्टराई पछिल्लो समय खरेलदेखि चिढिएको बताइन्छ । मन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरेको स्रोतले बताएको छ । मन्त्रालय सम्हालेसँगै सबैभन्दा बढी चासो नेपाल वायु सेवा निगमलाई दिए पनि परिणाम देखाउन नसकेको भन्दै खरेललाई हटाउने तयारीमा मन्त्री पुगेको मन्त्रालय स्रोतले जनाएको छ।
पटक–पटक जिम्मेवारी सम्हालेर पनि काम गर्न नसक्नेले राजीनामा दिएर गए हुन्छ भन्दै खरेललाई नै केन्द्रित गरेर भट्टराईले सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । यही चेतावनीपछि कार्यकारी अध्यक्ष खरेलले केही दिनअघि मात्रै निगमको खर्च घटाएर वार्षिक दुई अर्ब बचतको योजना अघि सारेका थिए । उनले केही वर्षमा नै निगमलाई नाफामा पु¥याउने योजना रहेको सुनाएका थिए । निगमलाई थप बिग्रिनबाट जोगाएर सुधारमा लागेको भन्दै आएपछि खरेलकै पालामा जापानको आशोका उडान थपेर निगमलाई थप व्ययभार पारिएको छ । गत बिहीबार भएको मन्त्रालय अन्तर्गतको आन्तरिक बैठकमा मन्त्रीले निगमका काम तीव्र असन्तुष्टि जनाएको पाइएको छ । सो बैठकमा विभिन्न पदमा राजनीतिक नियुक्ति लिएर सन्तोषजनक काम नगरेकाहरूले तत्काल बाटो खाली गरिदिनु भन्दै उनले खरेलमा आफ्नो भनाइ केन्द्रीत गरेका थिए । उनले खाली नगरे कामका आधारमा आफैं हटाउने र पछि अदालतमा गएर रोइकराइ गरे राम्रो नहुने चेतावनी पनि दिइसकेका छन् । तर, खरेललाई नेवानिमा राजनीतिक नियुक्ति दिइएको हो । उनलाई ओली सरकारले पहिले सदस्यमा नियुक्ति गरी पछि सदस्यबाट सीधै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । खरेललाई पहिले स्पष्टीकरण सोधेर हटाउने तयारीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ । खरेलको कार्यसम्पादन कमजोर रहेको, व्यवस्थित रूपमा निगम चलाउन नसकेको, निगमको वर्तमान घाटा झन्
बढाएको, निगमको उड्डयन समयमै गराउन नसकेको लगायतका आरोप उनीमाथि लागेका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply