थानकोट–चित्लाङ सडक छिटो सम्पन्न गर्न दबाब
काठमाडौं । थानकोट–चित्लाङ सडक अर्थात् गणेशमान मार्ग छिटोभन्दा छिटो सम्पन्न गर्न दबाब दिने उद्देश्यले सडक अनुगमन तथा जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।
यही मंसिर ७ गते शनिबार हली नेवाः गुठी टिस्टुङ शाखाको आयोजनामा सरोकारवाला स्थानीयहरूको एक टोली आयोजना निर्माण स्थल चन्द्रागिरिमै आएर आयोजनाको कार्यप्रगति अनुगमन गरेको हो ।
उक्त जनसरोकार तथा अनुगमन कार्यक्रममा संलग्न टोली थानकोट सडक निर्माणमा ढिलासुस्ती तथा ठेकेदारको लापरबाही भएपछि तातिएको हो । २०७३ साउन ४ गते सुरु भई २०७४ कात्तिक १६ मा संम्पन्न हुनुपर्नेमा २०७५ मंसिर १६ मा म्याद थपेर पनि अझै उक्त आयोजना सम्पन्न भएको छैन । अहिलेसंम्म आयोजना सम्पन्न नगरी ठेकेदार कम्पनीले लापरबाही गरेका कारण उपभोक्तालाई निकै सास्ती परेको र करोडौंको क्षति पुगेको स्थानीयको दाबी छ । जनसरोकार टोलीले निर्माण स्थलमा एक कोणसभा आयोजनासमेत गरेको थियो । सीताराम गोपालीको सभापतित्वमा भएको कार्यक्रममा हलिं नेवा गुथीका केन्द्रीय महासचिव विनोद महर्जन, टिस्टुङ बज्रबाराही नेवाः पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठलगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा नागरिक समाजको उल्लेख्य उपस्थिति थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply