बार्गेनिङका लागि उम्मेदवारी घोषणाको लहर
काठमाडौं । आगामी फागुनमा महाधिवेशन गर्ने तयारीमा जुटेको नेपाली कांग्रेसका नेताहरू अहिल्यैबाट धमाधम आफ्नो सिट सुरक्षित गर्ने अभियानमा जुटेका छन् । एकजना सभापति पदमा लागि ६ जनाभन्दा बढीले आकांक्षा देखाएका छन् । कतिले त सभापतिमा उम्मेदवारी घोषणा नै गरिसकेका छन् भने कति घोषणाको तयारीमा छन् ।
उमेरले ७५ कटिसकेका वर्तमान सभापति शेरबहादुर देउवा फेरि सभापतिमा उठ्ने तयारीमा छन् । महाधिवेशन भएको ६ महिनाभित्र गर्नुपर्ने विभागहरूको गठन र पूर्णताको काम अर्को महाधिवेशनको सम्मुखमा गरेर आफ्नालाई भर्ती गरेर उनले अबको महाधिवेशनमा सभापतिका लागि सुरक्षित वातावरण बनाइरहेका छन् । देउवाले अबको महाधिवेशनमा उम्मेदवारी नदेलान् र आफू घोषणा गरौंला भन्ने ध्याउन्नमा रहेका विमलेन्द्र निधि यसपटक जिल्ल पर्ने निश्चितप्रायः भएको बताइन्छ ।
अघिल्लो महाधिवेशनमै देउवासँग प्रतिस्पर्धामा होमिएका रामचन्द्र पौडेल र कृष्ण सिटौलाले त सम्पर्क कार्यलय स्थापना गरेर महाधिवेशनको तयारी सुरु गरिसकेका छन् । अघिल्लोमा कोइराला परिवारको साथले देउवासँग प्रतिस्पर्धामा बलियो उपस्थिति देखाएका पौडेलले यसपटक कोइराला परिवारकै साथ नपाउने बुझिएको छ । त्यति मात्र होइन, विगतमा उनलाई सघाएका गणेशमान सिंह पुत्र प्रकाशमान सिंहले यसपटक आफैं सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कोइराला परिवारवाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला तीनैजना सभापतिका दाबेदार हुन् । यद्यपि, यो समूहबाट जो उठे पनि सहमतिमा एकजना उठ्ने बताइन्छ । अघिल्लो महाधिवेशनमा पहिलो चरणबाटै बाहिरिएका कृष्ण सिटौला पनि यसपटक झन् कमजोर बनेका छन् । अघिल्लो महाधिवेशनमा उनको समूहबाट महामन्त्री उठेका गगन थापाले यसपटक उनलाई नसघाउने बुझिएको छ ।
त्यस्तै, नुवाकोटे नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महतले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेसभित्र छिन्नभिन्न गुटको यो समीकरणमा महाधिवेशन आउँदासम्म कसको पल्लाभारी होला भन्ने अहिल्यै अनुमान गर्न कठिन रहेको बताइन्छ । गुटैगुटको यो अवस्थामा युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे, धनराज गुरुगहरूको भूमिका र समर्थन कस्तो हुन्छ भन्ने कौतूहलता कांग्रेस कार्यकर्ता वृत्तमा रहेको छ । तर, विगतको कोइराला–पौडेल समूह अहिले छिन्नभिन्न भएको यो अवस्थामा त्यसको सोझो फाइदा फेरि पनि देउवालाई नै मिल्ने अनुमान भने गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply