जेलमा अझै जंगी शासन
काठमाडौं । गणतन्त्रपछिको कारागारमा पनि जंगी शैलीको हुकुमी शासन यथावत् रहेको आफूहरूको मानवअधिकार उल्लंघन भएको भन्दै गुनासो आएको छ ।हाल कैद भुक्तान गरिरहेका परिवारका तर्फबाट कारागार व्यवस्थापन विभागमा उजुरी परेको हो ।
उनीहरूले करागार व्यवस्थापन विभाग डिल्लीबजार प्रशासनसमक्ष नाइकेको ज्यादती छानबिन गरी दोषीलाई सजाय गरी बन्दीको जीवन रक्षाको माग राखेका छन् । बुधबारलाई प्राप्त यही साउन १४ गते बुझाइएको पत्रमा जेलका नाइके, दाइ नाइकेहरूको मनोमानी चरम भएको र आफूहरूको परिवारलाई मनपरीसँग ठग्ने काम गरेको उल्लेख छ ।
उजुरी दिएको एक हप्ता भइसक्दा पनि कारागार प्रशासनले दोषीउपर छानबिन गर्न खासै तत्परता नदेखाएको परिवारको भनाइ छ । एकातिर रहेका कैदीबन्दीलाई बिनाकारण गुपचुपमा सार्ने कामसमेत नाइकेहरूले गर्दै आएको आरोप छ । नक्खु कारागारमा रहेका एक बन्दीलाई केही हप्ताअघि सुन्धारामा सारिएको थियो । लामो समयदेखि परिवारका सदस्यहरूलाई भेट्न तथा टेलिफोन समेत गर्न नदिई कारागार प्रशासनले ज्यादती गर्दै आएको परिवारको गुनासो छ । नक्खु कारागार ललितपुरको न्यु ब्लक शाखाका दाइ नाइके सन्तोष गुरुङ हुन् । उनले कैदीहरूलाई ठगठाग गरेर महिनामै लाखौं कमाउने गरेको बताइन्छ । त्यही कारागारका दाइ नाइके शिव चौधरीकै दबाबमा केही कैदीलाई परिवारलाई थाहै नदिई सुन्धारा सारिएको गुनासो छ । कैदीहरूको घरबाट मीठोचोखो माछामासुलगायत चिज बारम्बार मगाउन लगाउने र नाइकेले भनेबमोजिम पैसा दियो भने जेलमा सबै सुविधा पाइन्छ भन्दै ठगी गर्ने गरेको आरोप छ । उनीहरू नाइकेमध्ये एकजना लागुऔषध सेवन तथा कारोबार गर्दै आएका व्यक्ति हुन् भने अर्को एक न्यायाधीशको हत्यामा कर्तव्य ज्यानको मुद्दाअन्तर्गत सजाय भोगिरहेका व्यक्ति हुन् । कारागारका प्रशासन तथा लेखा अधिकृतहरूकै मिलेमतोमा उनीहरूको ज्यादती बढेको बताइएको छ । नाइकेहरूले उठाएको पैसा ती कर्मचारी समक्षसमेत बाँडचुँड हुने गरेको थाहा भएको छ ।
जघन्य अपराध गरेका कैदीहरूलाई जेलका राजासरह नाइकेको जिम्मा दिइएकोमा तमाम कैदीहरूले मन नपराए पनि दबाबमा उनीहरूको नेतृत्व मान्न बाध्यता परेको बताइन्छ ।
उता केही समयअघि डिल्लीबजार सदरखोर कारागारमा कैदी बन्दीहरूबीच झडप भएको छ । झडपमा जबर्जस्ती करणी कसुरमा सजाय काटिरहेका शमशेर तामाङ घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको कारागार स्रोतले बतायो । स्रोतका अनुसार लकडाउनका कारण आफन्त भेट्न आउन छाडेपछि क्यान्टिनवालाले समेत उधारो नदिँदा झडप भएको हो ।
त्यस्तै नक्खु कारागारमा नाइकेको दादागिरीले चरमसीमा नाघेको छ खासगरी सिआरसी ब्लकमा त्यस्तो मनोमानी बढी भएको बताइन्छ । न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा सजाय काटिरहेका व्यक्तिलाई कारागार व्यवस्थापनले नाइके बनाएपछि अन्य कैदीहरू रुष्ट भएका छन् । नाइकेसँग व्यवस्थापनको मिलेमतो र आर्थिक लेनदेनसमेत हुने गरेको बताइन्छ । यता नक्खुमा राखेका कैदीहरूलाई लामो सययदेखि स्वास्थ्य परीक्षण नगरिएको, आफन्तहरूलाई फोन गर्नसमेत नदिएको भन्दै गुनासो आएको छ । कारागार स्रोतका अनुसार प्रशासनले कुनै कैदीलाई ज्वाइँलाई जस्तो व्यवहार गर्ने तर कुनै कैदीलाई मानवअधिकारको न्यूनतम मापदण्ड पनि पालना गर्न नदिएको पाइएको छ ।
कारागार व्यवस्थापन तथा प्रशासनसम्बन्धी कार्यलाई प्रभावकारी एवं सबल बनाउन २०५० साउन १ गतेदेखि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भई सञ्चालनमा आएको हो । तर, कारागार प्रशासनले जेल व्यवस्थापन राम्रोसँग गर्न नसकेपछि सबैतिरबाट गुनासो आउने गरेको छ ।
हाल ७२ जिल्लामा कारागार कार्यालयहरू रहेका छन् । दाङ जिल्लामा घोराही र तुल्सीपुर दुई ठाउँमा तथा काठमाडौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) दुई ठाउँमा एवं अन्य ७० जिल्लामा एकएकवटा गरी हाल नेपालमा कुल कारागार संख्या ७४ रहेको छ । विभागका प्रमुख नै छोटोछोटो समयमा हेरफेर गर्नाले कारागार व्यवस्थापनका खासै नीतिगत काम हुन नसकेको कारागार स्रोतले बतायो । अहिले विभागमा नुवाकोटका प्रजिअ द्रोण पोखरेल आएका छन् । एउटै कार्यालयमा एक वर्षमा पाँचपटक नेतृत्व हेरफेर भएको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply