नेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्लास्थित लिसंखु पाखर गाउँपालिकाबीच उक्त गाउँपालिकाद्वारा सञ्चालन गर्न लागेको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।
गाउँपालिकाले संचालन गर्न लागेको ‘अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम’ले गाउँपालिकावासीलाई व्यावसायिक कृषि, तथा पशुपन्छीमा आधारित उद्यम व्यवसाय, वन (जडीबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमूलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामूलक उद्यम व्यवसायलगायतका अन्य पहिचान गरिएका क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकावासीलाई स्वरोजगार, व्यावसायिक एवं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाउँपालिकाको विषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरूको विकास एवं प्रवद्र्घन गर्न सहयोग पुग्नेछ ।
उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने गाउँवासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरूलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जित सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।
गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लिमिटेड पाँचखाल शाखामा ग्यारेन्टीका रूपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनोट भएका उद्यमी एवं व्यावसायीहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।
उपर्युक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालबाट हस्ताक्षर गरिएको थियो । उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत श्री समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोइराला लगायतको उपस्थिति रहेको थियो । नेपालकै फ्ल्यागसिप बैंकका रूपमा रहेको यस बैंकले १ सय ८९ वटा शाखा, १ सय २५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ र चालु आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २ सय १४ पु¥याउने लक्ष्यका साथ कार्यहरू अगाडि बढाइरहेको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply