भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
पालुङ । सरस्वती आधारभूत विद्यालयमा सोही विद्यालयबाट २०५७ सालमा कक्षा ८ उत्तीर्ण भएका भूतपूर्व विद्यार्थीहरूले कम्प्युटर तीन थान सहयोग गरेका छन् ।
२०५७ सालको ब्याचमा उत्तीर्ण भएर जाने विद्यार्थी दिनेश कार्की विजयविक्रम श्रेष्ठ तथा विशाल ढकालको संयुक्त आर्थिक सहयोगमा विद्यालयको शैक्षिक गुणस्तर वृत्ति विकास गर्न ५१ हजार रकम बराबरको सो सहयोग गरेको हो ।
सो विद्यालयबाट निम्न माध्यमिक तह उत्तीर्ण गरेका भूतपूर्व विद्यार्थी दिनेश कार्की हाल अस्ट्रेलियामा कार्यरत छन् । उनले नेपाली सिनेमा क्षेत्र तथा केही म्युजिक भिडियोमा पनि आफ्नो कलाकारिताको योगदान दिएका छन् । त्यस्तै विजयविक्रम श्रेष्ठ रोजगारीको सिलसिलामा काठमाडौंमा एक अन्तर्राष्ट्रिय स्तरको निर्माण व्यवसायको संगठनमा कार्यरत रहेका छन् भने विशाल ढकाल हाल बेलायतमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छन् । आफूले प्रारम्भिक तथा निम्न माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेको विद्यालयलाई यी भूतपूर्व विद्यार्थीहरूले हाल अध्ययनरत रहेका विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दै र विद्यालयको शैक्षिक गुणस्तरमा थप अभिवृद्धि गर्ने हेतुले सहयोग गरिएको जानकारी विजय विक्रम श्रेष्ठ दिए । सो कम्प्युटर विजयविक्रम श्रेष्ठद्वारा सोही विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै भविष्यमा पनि आवश्यक र सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । प्रधानाध्यापक महेन्द्र श्रेष्ठले आगामी दिनमा अन्य भूतपूर्व विद्यार्थीले पनि यसैगरी सहयोग गर्दै गए विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने जानकारी दिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
- पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभावको सर्वेक्षण
Leave a Reply