अमेरिकामा समुद्री आँधी र बाढी ४१ जनाको मृत्यु
१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ ।
यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।
समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् ।
न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।
न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछि आफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
Leave a Reply