सम्मेलन वकिलको, लेख कालो पोतिएको

वकालत प्रारम्भ भएपछि मलाई त्यो पेसा झन् झन् रमाइलो लाग्दै गयो ।
पैसा दिन्छन् अनि हात जोड्दै भन्छन्– ‘मेरो रक्षा गर्नुस्, नत्र जीवन बर्बाद हुन्छ ।’ कोही फिस र खर्च दिन्छन् अनि दयनीय मुख लगाएर बडो विनम्रतापूर्वक भन्छन्– ‘हजुरले उर्बानुभएन भने मेरो सबै सम्पत्ति डुब्छ ।’
मलाई लाग्छ केही पेसाहरू मात्रै यस्ता हून्छन् जसमा ज्याला दिनेले ज्याला पाउनेलाई निरीह झैं भएर सम्बोधन गर्छन् र ठूलो विश्वास गर्दै निर्भर हुन्छन् । हुन प नि हो, ज्यान मुद्दा लागेको छ, हो । सर्वश्वसहित जन्मकैद हुन्छ । आफ्नो बाबु आमाको सम्पत्ति अर्कोले अडपेको छ वा बेचेर मासिदिएको भने गयो, बर्बाद भयो । वकालत मलाई रमाइलोका साथै बडो गम्भीर कुरा पनि लाग्छ । आफ्नो पक्ष वा क्लाइन्ट हुन आएको व्यक्तिले बडो विश्वासका साथ आफूले नसक्ने काम जिम्मा दिएको हुन्छ । दिमाग राम्ररी पुगेन भने चुक हुन्छ । छुट्ने व्यक्ति कैद पर्छ । सम्पत्ति पाउनेको सम्पत्ति गुम हुन्छ । संसारका सभ्य देशहरूका कानुनले र अदालतहरूले कानुनी व्यवसायीलाई मुद्दाको पक्षले के भन्यो र कानुन व्यवसायीले के भन्यो त्यो सुन्ने जान्ने प्रयास गर्न हुँदैन भन्छ ।
ब्रिटिश कानुनका सिद्धान्तहरू दुई तीन सय वर्ष अघिदेखि आजका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र संसारका कैयौं भागमा लागू गरिन थालिए र आज पनि अनुशरण गरिदै छन् । फौजदारी ऐन, प्रमाण ऐन, देवानी ऐनहरू, परिवार र सम्पत्तिसम्बन्धी ऐनहरू चाहिँ हिन्दू धर्म, मुसलमान धर्म, क्रिश्चियन धर्महरूलाई आधार बनाए पनि ब्रिटिशहरूले बनाएका थिए । तर धर्मका नाम अमानवीय जस्तै जिउँदै स्वास्नी मान्छेलाई सती भन्दै जबर्जृस्ती बाँधी वा अफिमले लठ्याई जलाइदिने चलन इत्यादि गैरकानुनी बनाइए । ब्रिटिशका पालामा बनेका फौजदारी कानुन, दण्ड संजाय, प्रमाण ऐनहरू भने धर्म आधारित थिएनन् । आज पनि तिनै ब्रिटिश शासनमा बनेका कानुनहरू सामायिक सुधार र संशोधनहरू गर्दै चलिरहेका छन् । साँच्चै भन्ने हो भनेक ानुनका नजरमा समानता, कानुनको राज्य, व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, पार्लियामेन्ट, डेमोक्रेसी इत्यादि अवधारणाहरूको उत्पत्ति यूरोपमै भएको ऐतिहासिक तथ्य हो । त्यसैगरी साम्यावद, समाजवाद, संविधानवादका सिद्धान्तहरू पनि युरोपबाटै विश्वव्यापी भएको देखिएकै हो ।
सभ्य देशहरूका कानुनी व्यवस्थाहरू र अदालतलहरूले न्यायको हितमा कानुन व्यवसायीसँग मुद्दाको पक्षले सल्लाह मशिवरा गर्दा के भन्यो र कानुन व्यवसायीले के भन्यो, त्यसलाई प्रमाणमा लिन मान्दैनन् र फैसलाको आधार पनि बनाउन पाइदैन । मुद्दाको पक्ष र कानुन व्यवसायीमाझको विश्वासपूर्ण सम्बन्ध भएन भने न्यायको हित हुँदैन भन्ने मान्यता छ । नेपालको मुलुकी ऐन पनि पुरानो समयदेखि नै भनिएको छ । झगडियालाई धर्म भकाउन हुँदैन भन्छ । अहिले पनि मुलुकी ऐनमा लेखिएकै छ– ‘झगडियालाई इमान धर्म सम्झी बकेको’ भनी सोध्न लेखाउन पर्दैन ।’
वर्तमान संसारका संविधानहरू कानुनहरू पनि भन्छन्– ‘कसैलाई आफ्नो विरुद्ध साक्षी हुन कर गर्न पाइदैन ।’ तर साक्षी बस्नेलाई भने इमान धर्म सम्झी साँचो कुरा जस्ताको तस्तै बयान गर भनी अदालतले भन्छ ।
मुद्दाको वादी वा प्रतिवादीलाई कानुन व्यवसायीले प्रतिनिधित्व गर्दछ । पक्ष सम्पूर्णरूपले कानुन व्यवसायी माथि निर्भर हुँदा बडो जिम्मेवारीका साथ र आफ्नो बुद्धि बरकतले भ्याएसम्मको सबै कुराहरू गरी उसको हितमा काम गर्नुपर्ने कर्तव्य र दायित्व हुन्छ वकिलमा । मैले वकाल थालेको अर्को वर्ष २०३४ को वैशाख २५ र २६ गते नेपालको सर्वप्रथम राष्ट्रिय कानुन व्यवसायी सम्मेलन काठमाडौंमा आयोजित हुने भएको थियो । त्यस समय अधिवक्ताहरूको संख्या सीमित थियो । २०३३ जेठ १ गते रोजको मिति भएको मेरो अधिवक्ता प्रमाणपत्रको संख्या ३२६ नम्बर थियो ।
अर्थात् म भन्दा पहिले अधिवक्ताको प्रमाणपत्र पाउने ४२५ जना मात्र हुनुहुन्थ्यो । त्यसैले म भन्न सक्छु– अधिवक्ताहरूको संख्या २०३४ वैशाखको प्रथम राष्ट्रिय कानुन व्यवासइ िसम्मेलन हुँदा पाँच सय भन्दा धेरै कम नै थियो ।
यो सम्मेलनमा अधिवक्ता, अभिवक्ता, अभिकर्ता सबलाई सहभागी हुन आउन खुला थियो । मामुली शुल्क तिरेपछि बाहिरबाट आउनेहरूका लागि खाने, बस्ने सुविधा थियो । त्यसबखत सर्वज्ञरत्न तुलाधर नेपाल बार एसोसिएसनको अध्यक्ष र दमननाथ ढुंगाना सचिव हुनुहुन्थ्यो । तर कृष्णप्रसाद भण्डारी, गणेशराज शर्मा, कुसुम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, बासुदेव ढुंगाना, कृष्णप्रसाद पन्त, शम्भुप्रसाद ज्ञवाली, सुवास नेम्वाङ, विश्वकान्त मैनाली, सिन्धुनाथ प्याकुरेल र एटर्नीजनरल लगायत सरकारी वकिलहरू पनि यो प्रथम कानुन व्यवसायी सम्मेलनको आयोजना गर्न सक्रिय हुनुहुन्थ्यो ।
प्रथम दिनको उद्घाटन पछिको सत्र प्रारम्भ हुनासाथ विराटनगरका नारायणराज खरेलले ‘कमल कोइरालाको लेखमा किन ठाउँ ठाउँ कालो पोतिएको छ ? कस कसको निर्णयले यसो भएको हो ?’ भनी प्रश्न उठाउनुभयो । हलमा सनसनी भयो । न्यायदूत मलाई दिइएको कागजहरू मध्ये पनि थियो । तर भर्खर सम्मेलनस्थलमा आएपछि पाएको हुँदा म त्यो नपठी कनै हलमा भित्रिएको थिएँ । हत्त न पत्त खोलेर हेर्छु त मेरो लेखमा तीनठाउँ पढ्न नसक्ने गरी केही पंक्तिहरू पोतिएका रहेछन् । त्यो लेख मैले विराटनगरबाट एयर डकुमेन्ट गरेर पठाएको थिएँ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply