सही नगरे पनि मनमोहन प्रवक्ता †
गोविन्द ज्ञवाली भित्र जानुभयो र केही मिनेटमै बाहिर आउँदा उहाँको साथमा चित्रबहादुर गुरुङ पनि हुनुहुन्थ्यो । उहाँले हाँस्दै प्रशन्न मुद्रामा मसँग हात मिलाउनुभयो । दरभंगा प्लेनमताका २०१७ सालमा हामीहरूले सवा महिनाजति बिहान–साँझ सँगै खान खान्थ्यौं । निर्मल लामासँग उहाँ खुब मिल्नुहुन्थ्यो । तर, अब हामी अलग–अलग पार्टीमा थयौं । गोविन्द ज्ञवालीले मलाई साहना प्रधान र चित्रबहादुर गुरुङको सही थपिएको त्यो कागज दिनुभयो ।
वक्तव्यमा अब आठ जनाको सही भयो । संयुक्त वक्तव्य यस प्रकार थियो :
‘यस वर्षको बजेटमा निलम्बित हुनुपर्ने पञ्चायतका लागि झन्डै १० करोड रुपियाँ व्यवस्था गरिएको छ । प्रधानपञ्चहरूलाई तलब दिने व्यवस्था गरिएको छ । अञ्चलाधीशहरूको नियुक्तिमा पनि गाउँ फर्कका केन्द्रीय सदस्य, निर्दलीय अभियान समितिका अध्यक्षहरू नै परेका छन् । सरकारी सुविधा प्रदान गरी पञ्चभेला, युवापञ्च भेला गराइँदैछ । झन्डै तीन महिना बित्दा पनि चुनाव आयोगले आफ्नो परम कर्तव्य जनमतसंग्रह कहिले हुने हो, तिथि तोकेको छैन । देशका १८ वर्ष पुगेका युवायुवती, विद्यार्थीहरूलाई जनमत संग्रहमा भाग लिन नदिने गरी मतदाताको उमेर २०३६ साल जेठ १० गते २१ वर्ष हुनुपर्छ भनी विज्ञप्ति निकालेको छ । यसकारण जनताको संघर्षको भेलबाट आएको यस जनमत संग्रह गर्न (१) सबै प्रकारका राजबन्दीहरूलाई कुनै भेदभाव नगरी तत्काल रिहा गर्नुपर्दछ । (२) निर्वासित र भूमिगत सबै प्रकारका राजनीतिक व्यक्तिहरूमाथिका सबै मुद्दाहरू फिर्ता लिई खुला भई राजनीतिक गतिविधि गर्न पाउनुपर्छ । (३) यस पञ्चायती व्यवस्थाका सबै निकायहरू र पञ्च सरकारको विघटन गरी अन्तरिम सरकारको गठन हुनुपर्दछ । (४) नागरिकको मौलिक हकलाई बन्देज गरिने सबै कानुनहरू निलम्बित हुनुपर्दछ । (५) १८ वर्ष पुगेका समस्त नागरिकहरूलाई मताधिकार हुनुपर्दछ । यी मागहरू पूरा नगरेसम्म निष्पक्ष र स्वच्छ जनमत संग्रह हुन सक्दैन ।
२०३६ भदौ २४ गते यी मागहरू लिई देशव्यापी आन्दोलन गरौं । यी मागहरूलाई पूरा गर्न सरकारलाई बाध्य पारौं । हामी समस्यत देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एकबद्ध भई अगाडि बढ्न अपिल गर्दछौं ।’
वक्तव्यमा जयगोविन्द साह, निर्मल लामा, नारायणमान बिजुक्छे (रोहित), साहना प्रधान, चित्रबहादुर गुरुङ, भरतमोहन अधिकारी, कमलप्रसाद कोइराला र महेशप्रसाद उपाध्यायको सही थियो । साहना प्रधान र चित्रबहादुर गुरुङको सही भएपछि मेरा सामु त्यस वक्तव्यको कmोटोकपी गरी एउटा संक्षिप्त पत्रकार सम्मेलनमार्फत प्रसारित गर्ने काम थियो । तर, केही बेरपछि खुलामञ्चमा साहना प्रधानहरूको आमसभा थियो । म पनि उहाँहरूले के बोल्नुहुन्छ भनी सुन्न गएँ । आमसभामा सभापति चित्रबहादुर गुरुङ हुनुहुन्थ्यो । गोविन्द ज्ञवाली, प्रभुनारायण चौधरी, शरणविक्रम मल्ल, कृष्णदास श्रेष्ठहरूभन्दा पछि बोल्दै साहना प्रधानले आफ्नै शब्दहरूमा तिनै पाँच पूर्वाधारहरूको जस्तै कुरा बोल्नुभयो । सम्पूर्ण बहुदलवादीहरू न्यूनतम कार्यक्रममा एक भई अगाडि बढ्नुपर्छ । सबै राजनीतिक शक्ति समावेश भएको सरकार गठन हुनुपर्छ, १८ वर्षको उमेरलाई बालिग मानिनुपर्छ । उहाँले कुनै जमातको नाम नलिई ‘जनमतमा भाग लिनुहुन्न भन्ने बहिष्कारवादीहरू जनआन्दोलनमा ब्रेक लगाई पञ्चायतलाई बलियो गराउने काम गर्दैछन्’ भन्नुभयो । त्यस दिन पनि फोटोकपी गराउने काम बिहान उहाँहरूसँग भेट र दिउँसो आमसभा सुन्दासुन्दै अलमलियो । फेरि आज जस्तो जुनसुकै ठाउँमा पनि फोटोकपी सजिलै उपलब्ध थिएन ।
अर्को दिन भदौ ४ गते न्युरोड, पिपलबोटको दक्षिण पाकोमा ‘जनजागृति’ साप्ताहिकको कार्यालयमा मेरो मदन रेग्मीसँग भेट भयो र मैले फोटोकपी गर्न सहयोग मागें । उनले भने– ‘म फोन गरिदिन्छु, तिमी इन्द्रचोक उत्तर पीयूषबहादुर अमात्यको अफिसमा जाऊ, त्यहाँ काम गर्नेले फोटोकपी गरिदिन्छन् ।’
जम्मा दुई थान वक्तव्य मसँग थियो । भदौ ४ गते मैले पत्रकार सम्मेलनमा वितरण गर्न पुग्ने मात्रामा फोटोकपी गराएँ । म फेरि पाको ‘जनजागृति’ साप्ताहिकको कार्यालयमा आएर सम्पादक निरमान नेवासँग एकदम सस्तो एक–एक कप चिया भन्दा बढी केही नखुवाउने गरी एउटा पत्रकार सम्मलेन आयोजना गर्न सहयोग मागें । उनले भने– ‘आज त साँझ भइसक्यो, मेरो घरको तलका रेष्टुराँमा मान्छेहरूले भरीभराउ छ । भोलि दिउँसो आधा घन्टाका लागि चियापान खान दिने गरी म भनौंला ।’ मलाई पत्रकार सम्लेलनमा केही भन्नु पनि थिएन । मेरो काम मात्र आठ जनाको हस्ताक्षर भएको वक्तव्य सार्वनजनिक गर्नु थियो ।
भदौ ५ गते मैले त्यहाँ २०/२५ जना पत्रकार (र कोही–कोही सरकारका सादा बर्दीवालाहरू पनि थिए होलान्) माझ त्यो वितरण गरें । एक जना पत्रकारले भने– ‘यो निर्मल लामाको सही होइन जस्तो लाग्छ ।’ मलाई लामो समय लिनै थिएन । मैले भनें– ‘पत्याउने/नपत्याउने तपाईंको मन हो । तर, सही निर्मल लामाकै हो ।’ निरमान नेवाले भने– ‘म एकैछिन माथि गएर आउँछु ।’ उनी तुरुन्तै उत्रेर भने– ‘हो यो निर्मल लामाकै सही हो ।’ उनी र उनका भाइ ज्ञानबहादुर चौमनिकट थिए । अर्का पत्रकारले भने– ‘एक–अर्कालाई सिद्धान्तको चुप्पी रोपारोप गर्नेहरू कहाँ एकसाथ बसेर सही गर्नुभयो ?’
मैले भनें– ‘मलाई केवल प्रेस वक्तव्य सार्वजनिक गर्न भनिएको छ । मैले वितरण गरें । अब पत्रकार सम्मेलन सकियो ।’
म रेस्टुरेन्टबाट बाहिर निस्कनासाथ कृष्णदासले भन्नुभयो– ‘तपाईंले आठ नेताको सही एक ठाउँमा त गराउनुभयो तर फेरि बाह्र गुट बन्ने हो कि ?’
तर पछि कृष्णदासले पनि त्यो वक्तव्यको समर्थन गर्दै बोल्न थाल्नुभयो । सही गर्न नमान्ने मनमोहन अधिकारी त झन् केही दिनपछि नै ती पाँच पूर्वाधारका प्रमुख प्रवक्ता नै हुनुभयो । मलाई लाग्छ– क्रूर तानााशहीको लामो दमनले केवल जनतालाई खोक्रो र शक्तिहीन पार्दैन, नेताहरूलाई पनि एक अर्काप्रति शंका र अविश्वास गर्ने वातावरण खडा गर्छ । १९ वर्षको कठोर दमनले ०३६ मा नेताहरूमाझ त्यस्तै आपसी अविश्वास र एक–अर्काप्रति शंकाको वातावरण थियो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply