संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी

२७ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरूलाई धन्यवाद दिइन् ।
उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्त्वपूर्ण रहेको बताउँदै सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको उल्लेख गरिन् । उनले भनिन्– संविधान कार्यान्वयन, सङ्घीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ । देशलाई यहाँसम्म ल्याइपुर्याउन जनताले विगतमा गरेको राजनीतिक संघर्षको स्मरण गर्दै यस घडीमा अग्रजहरूप्रति सम्मान र अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
उनले अघिल्लो सङ्घीय संसद् र हालको सङ्घीय संसद्ले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply