चन्द्रशेखरविरुद्ध नाराबाजी

काठमाडौंका जनताद्वारा निर्वाचित मेयर (त्यसबखत प्रधानपञ्च) हरिबोल भट्टराई र उपमेयर तीर्थराज डंगोलले २०४४ पुस १ गते महेन्द्र जयन्ती र संविधान दिवसको समारोह बहिष्कार गरे, जसका कारण उनीहरूलाई निलम्बन गरियो ।
२०४४/४५ तिर एकातिर राजनीतिक जागरण बढ्दै थियो भने त्यहीबेला राजा वीरेन्द्रका भाइ अधिराज धीरेन्द्रका एडीसी भरत गुरुङ लागू पदार्थ तस्करी र पत्रकार पदम ठकुराठीको हत्याको प्रयास गर्ने षड्यन्त्रमा संलग्न भएको समाचार पत्रपत्रिकामा आइरहेको थियो । गुरुङ कैद पनि परे ।
२०४५ मा भारतले नेपालमा आर्थिक नाकाबन्दी गरेकाले जनताको जीवन कष्टकर बनेको थियो । ३० वर्षमा पञ्चायतको भ्रष्टाचार र निरंकुशताले त्यसप्रति घृणाको भावना व्यापक भइसकेको थियो । यसरी आन्तरिक र बाह्य कारणहरूले देशको राजनीति चरमबिन्दुतर्फ लागिरहेको थियो ।
२०४६ माघ २ गते सात वटा कम्युनिस्ट पार्टी मिलेर साहना प्रधानको अध्यक्षतामा संयुक्त वाममोर्चा बनाउन पुगे । यसमा नेकपा (माक्र्सवादी), नेकपा (माले), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (बर्मा), नेकपा (अमात्य) र नेमकिपा थिए ।
२०१७ सालपछि फुट्दै एउटाले अर्कालाई गद्दार र संशोधनवादी भन्दै आएकाहरू उनीहरू यसरी एक मोर्चामा आबद्ध हुनु नयाँ कुरा थियो । २०४६ माघ ५, ६ र ७ गते काठमाडौं चाक्सीबारीमा गणेशमान सिंहको कम्पाउन्डमा आयोजित नेपाली कांग्ेरसको राष्ट्रिय सम्मेलनमा सहभागी हुन म पनि विराटनगरबाट आएँ । भारतका भूतपूर्व प्रधानमन्त्री चन्द्रशेखर सिंह, भाकपा (माक्र्सवादी)का महासचिव हरकिशन सिंह सुरजित, भारतीय कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एम. फारुकी, भारतका प्रसिद्ध पत्रकार एम.जे. अकबर, भारतीय कांग्ेरसका नेता डीपी त्रिपाठी पनि उद्घाटन सत्रमा आमन्त्रित थिए । म पनि केही वामपन्थी नेता र विदेशी नेताहरूका साथ मञ्चमा थिएँ । वामपन्थी नेताहरूमध्ये वाममोर्चाकी अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीलाई मात्र सम्बोधन गर्ने अवसर दिइएको थियो । मालेका नेताहरूमध्ये भर्खर १७ वर्ष लामो जेल जीवन बिताएर निस्किएका मोहनचन्द्र अधिकारी थिए । त्यसबखत उनलाई नेपालका नेल्सन मण्डेला भनिन्थ्यो । भारतीय नेता चन्द्रशेखर सिंहको भाषण त्यसदिन धेरै चर्चित भयो ।
नेपाली कांग्ेरसका सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा भएको त्यो सम्मेलनको उद्घाटनसत्रको भिडियो साँझै काठमाडौंमा भाइरल भयो ।
चन्द्रेशखर सिंह बसेको नयाँबानेश्वरको एभरेस्ट होटल अगाडि भोलिपल्ट पञ्चहरूले जुलुस लिएर नाराबाजी गरे ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply