नेपालकै उत्कृष्ट नगरपालिका बनाउँछांै
० तपार्इंको नगरमा चुनावी चहलपहल कस्तो छ ?
– हामी नगरवासी पहिलोपटक घोषणा भएको चुनावी मिति नजिकिँदै गर्दा नै अत्यन्तै उत्साहित थियौं । तर दुर्भाग्य पहिलो चरणको निर्वाचन स्थगित भयो । त्यसपछि केही निराशा छाएको थियो । तर अहिले दोस्रो चरणका लागि अन्तिमपटक घोषणा गरिएको मिति नजिकै आइरहँदा नगरवासी अत्यन्तै धेरै उत्साहित छौं । म नगरका १५ वटै वडाका हरेक घरमा पुगिसकेको छु । अधिकांश मतदाता मत खसाल्न आतुर हुनुहुन्छ ।
० राजधानी काठमाडौंलगायतका सुगम सहरमा नै धेरै मत बदर भएको छ । तपाईंको नगरमा मतबदरको संख्या न्यूनीकरण गर्न के गर्दै हुनुहुन्छ ?
– हामी चुनावको पहिलो चरणको मितिदेखि नै छापिएको पछिल्लो मतपत्रको नमुना र स्वस्तिक छाप बोकेर नगरको हरेक घरघरमा पुगेका छौं । अहिले हामीले घरदैलो अभियान, चुनावी प्रचारसँगै मतदाता शिक्षा अभियान पनि सँगसँगै अघि बढाएका छौं । मतपत्रमा चुनाव चिह्न आठवटा भएको तर मतदानचाहिँ सात चिह्नमा मात्र गर्नुपर्ने प्राविधिक कारणले अहिले धेरै मत बदर भएको हामीले जानकारी पाएका छौं । त्यसो हुन नदिन रूपाकोट मझवागडी नगरपालिकामा मात्र होइन, एमालेले जिल्लाभरि नै अभियान नै सञ्चालन गरेर मतदाता शिक्षा दिइरहेको छ ।
एमालेका अगुवा साथीहरू नैै नमुना मतपत्र र स्वस्तिक चिह्न बोकेर हरेक मतदाताको घरमा पुग्नुभएको छ । यो झन्डै दुई दशकपछि हुन लागेको मात्र नभई इतिहासकै नयाँ युगमा डो¥याउने स्थानीय तहको चुनाव भएकाले मतदाताहरूले पनि निकै चासोका साथ सिक्न खोज्नुभएको छ । पहिलो चरणमा सहरमा नै धेरै मतपत्र बदर भएको समाचारले मतदाता नै जागरुक हुनुभएको छ । उहाँहरूको सिक्ने इच्छाशक्तिलाई नेकपा (एमाले) ले साथ दिएको छ ।
० तपाईं चुनावी दौडमा रहेको नगरपालिकामा कस्तो प्रतिस्पर्धा आँकलन गर्न सकिन्छ ?
– रूपाकोट–मझुवागढी नगरपालिकामा दलीय अवस्था र सबै दलले अघि सारेका वा अघि सार्न चर्चा गरिएको उम्मेदवारलाई आँकलन गर्ने हो भने नेकपा (एमाले) ले कुनै पनि दलसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्न । एमाले निकै धेरै मतान्तरका साथ माथि छ । दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा देखिन्छ ।
हामी नगरका १५ वटा वडामा नै शतप्रतिशत जित हासिल गर्ने आँकलनमा ढुक्क छौ । यसपटक सबै पदमा एउटै पार्टीले विजयी हासिल गर्ने अर्को रेकर्ड पनि यो नगरबाट राख्न एमालेको तमाम शक्ति परिचालित छ । १५ वटै वडामा एमालेले उठाउने ७७ जना जनप्रतिनिधि नै विजयी हुनेमा विश्वस्त छौ । यसका लागि हाम्रो पार्टी एकढिक्का भएर अघि बढेको छ । जिल्लामा आन्तरिक कलह नभएको पार्टी नै हामी हो । हामी एकताका साथ अघि बढेका छौ । जुझारु कार्यकर्ता मतदाताको साथसाथमा हुनुहुन्छ । एमालेले अघि सारेका उम्मेदवार पनि अत्यन्तै अब्बल हुनुहुन्छ । एमालेको पक्षमा जनलहर पनि त्यत्तिकै उर्लिएको छ । अघिल्लो चुनावको प्रभाव पनि त्यत्तिकै राम्रो छ । अहिलेको अवस्था हेर्ने हो भने हामी अत्यन्तै उत्साहित छौं ।
० तपार्इंहरूलाई अरू दलले त आन्तरिक कलह छ भनेर प्रचारबाजी गरेको पाइन्छ नि ?
– यदाकदा अरु दलहरूले केही चुनावी एजेन्डा नपाएर एमालेलाई यसरी पो कमजोर देखाउन सकिन्छ कि भनेर गलत प्रचारबाजी गरेको सुनिन्छ । तर नेकपा (एमाले) सबैभन्दा बढी लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो । चुनावका लागि टिकट लिन हामीले आन्तरिक प्रतिस्पर्धा गरेकै हो । त्यो आन्तरिक लोकतन्त्रको अभ्यास हो । अब त्यो प्रतिस्पर्धाबाट एउटा छानिएर अरूसँग प्रतिस्पर्धा गर्न आएपछि हाम्रो पार्टीमा न केन्द्रमा विवाद देखिन्छ न हामी स्थानीय तहमा नै विवादको सिकार हुन्छौ । हामी एकढिक्का छौं । पार्टीका नेता कार्यकर्ताको सबै तह तप्का एकढिक्का छ गलत प्रचारको पछाडि नलाग्न सबैलाई आग्रह गर्दछु ।
० विभिन्न ठाँउमा एमालेसँग भिड्न विभिन्न शक्तिले तालमेल गरेर आए, त्यहाँ अन्तिम समयमा कांग्रेस माओवादीले साँठगाँठ गरे के हुन्छ ?
– सत्तामा साँठगाँठ गरेकाहरू स्थानीय तहमा पनि तालमेल गरेर अघि बढेको देखिन्छ । हाम्रो नगरमा पनि त्यस्तो भए भरतपुरजस्तो मात्र होइन, पोखरा र काठमाडौंजस्तो धेरै मत अन्तरले अपवित्र साँठगाँठको बन्धनलाई तोड्न नगरवासी तयार हुनुहुन्छ ।
० रूपाकोट–मझुवागढी नगरपालिकामा तपाईंको उम्मेदवारी किन ?
– पहिलो त नेकपा (एमाले) जस्तो हरेक जनताको ढुकढुकीमा बसेको पार्टीले विश्वास गरेर अघि बढाएको छ । पार्टीले हरेक हिसाबले मूल्यांकन गरेर मलाई टिकट दिएको हो । म जन्मिएर, मेरो चेतना आएदेखि नै म नेकपा (एमाले) सँग छु । नगरको सबै क्षेत्रमा म पुगेको छु । नगरवासीका हरेक घरआँगनमा पुगेको छु । यहाँका सबै समस्या मलाई थाहा छ । सामाजिक क्षेत्रमा पनि मैले धेरै काम गरेको छु । म राजनीतिमा नै भविष्य देखेर राजनीतिबाट नै जनसेवा गर्ने कर्म र धर्म रोजेको व्यक्ति हुँ । यही कारण पार्टीले मलाई अघि सारेको छ ।
अब चुनाव जितेपछि म र म आबद्ध पार्टी नेकपा (एमाले) ले रूपाकोट–मझुवागढी नगरपालिकालाई नेपालकै नमुना नगरको रूपमा प्रस्तुत गर्न सक्ने योजना तयार बनाएका छौं । मेरो बुझाइ के हो भने व्यवस्थित योजना बनाएर व्यवस्थित रूपमा कार्यान्वयन र अनुगमन गर्ने हो भने सफलतालाई केहीले छेक्न सक्दैन । त्यसैले हामीले अत्यन्तै व्यवस्थित योजनासहितको ५० देखि ५५ बुँदे प्रतिबद्धतापत्र केही दिनमा नै सार्वजनिक गर्दै छौं । त्यही प्रतिबद्धताले यो नगरलाई नेपालकै उत्कृष्ट नगरको रूपमा प्रस्तुत गर्न सकिन्छ ।
० अरू दलले अघि सारेका उम्मेदवारभन्दा तपार्इं किन अब्बल ?
– सौभाग्य नै भन्नुपर्छ, अहिलेका अरू दलका उम्मेदवारभन्दा म नै यहाँको स्थानीय हुँ । मैले धेरै अवसरलाई समर्पण गरेर यही नगरको जनसेवामा जीवन समर्पण गर्ने अठोट गरेको सबै नगरवासीलाई जानकारी छ । मेरो जन्मथलो नगरकै उर्वर भूमि नेर्पा हो र मेरो बसाइ सदरमुकाम दिक्तेल हो । गाउँ र सदरमुकाम जोड्न सक्ने बुझाइ मसँग मात्र छ । आफ्नै भोगाइ र बुझाइले गर्दा गाउँ र सदरमुकामका सजिला अप्ठ्यारा सबै थाहा छ । त्यसैले म नै यसबीचको सम्बन्धलाई जोड्ने पुल बन्न सक्छु । संघर्ष गरेरै म यही भूमिमा जीवन समर्पण गर्ने गरी यही बस्ने निर्णय लिएर व्यावसायिक जीवनमा पनि अघि बढिरहेको छु ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply