उत्कृष्ट विद्यार्थीहरूलाइ एनसेलको छात्रवृत्ति तथा सम्मान
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पु¥याउने व्यावसायिक सामाजिक उत्तरदायित्व पहलअन्तर्गत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।
यस पहलअन्र्तगत एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रत्येक वर्ष एनसेल छात्रवृत्ति र सबैभन्दा बढी अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
बिहीबार एक समारोहबीच इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. गोकर्णबहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जितेन्द्रकुमार मानन्धर र एनसेलका प्रतिनिधिहरूले संयुक्त रूपमा विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए । १२ वटा शीर्षकअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै, उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।
जिम्मेवार व्यावसायिक नागरिकका रूपमा एनसेल सधैं नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । एनसेलले पाँच वर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरूको लगन तथा मेहनतलाई कदर गर्दै उनीहरूलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्दै आएको छ । यस्तो महŒवपूर्ण कार्यका लागि इन्जिनियरिङ अध्ययन संस्थान तथा केन्द्रीय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको एनसेलले जनाएको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै दक्ष जनशक्तिको विकासका लागि योगदान पु¥याउन पाँच वर्ष (२०७१–२०७५) का लागि इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा २०७१ सालमा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० विद्यार्थी एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानबापत ८० लाख रुपैयाँ प्रदान गरेको छ ।
एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाका आधारमा क्रमशः द्वितीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ संकायका प्रथम, द्वितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका नौ उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्वितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका तीन जना छात्राले पाएका छन् ।
उत्कृष्टता सम्मानअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना गरी तीन जना र यी तीनै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी चारजनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि १ लाख रुपैयाँ रहेको छ ।
एक जिम्मेवार व्यावसायीक नागरिकका रूपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न व्यावसायिक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत राम्रो नतिजाका साथ एसएलसी उत्तीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्रालाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।
त्यसैगरी, डिजिटल शिक्षामा योगदान पु¥याउन कम्पनीले १६ विद्यालयहरूमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै, ४४ वटा सामुदायिक विद्यालयहरूमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्रीका लागि सहयोग प्रदान गरेको छ, जसबाट २५ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।
आफ्नो सामाजिक व्यावसायिक उत्तरदायित्वअन्तर्गत एनसेलले युवाहरूमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपाली कला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रवद्र्धनलगायतका क्षेत्रमा पनि योगदान पु¥याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्व पहलअन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पु¥याएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply