नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
२६ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । अध्यक्ष ओलीलगायत एमालेका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गाेकर्ण विष्टलगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेम्वाङको निधनको खबरपछि एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिनका लागि एमाले नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायत पार्टी केन्द्रीय कार्यालयमा बाक्लो उपस्थित रहेको छ । नेम्वाङलाई नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन् ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने पार्टी कार्यालयले जनाएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई मंगलबार राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply