नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
२६ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । अध्यक्ष ओलीलगायत एमालेका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गाेकर्ण विष्टलगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेम्वाङको निधनको खबरपछि एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिनका लागि एमाले नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायत पार्टी केन्द्रीय कार्यालयमा बाक्लो उपस्थित रहेको छ । नेम्वाङलाई नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन् ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने पार्टी कार्यालयले जनाएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई मंगलबार राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply