टेलिकमलाई उपाधि
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वार्षिक रूपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड मा नेपाल टेलिकमले रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो । आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरणहरू प्रस्तुतीकरण सम्बन्धमा इक्यानले हरेक वर्ष अवार्ड वितरण गर्दै आएको छ ।
गत मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरे । वित्तीय र अन्य जानकारी तथा विवरणहरू वार्षिक रूपमा उत्कृष्ट रूपमा प्रस्तुतीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ । आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।
नेपाल टेलिकमले योभन्दा पहिले आर्थिक वर्ष २०६६÷६७, २०६७÷६८ र २०६८÷६९ तथा २०७१÷७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ । नेपाल टेलिकमले नेपालमै पहिलोपटक आर्थिक वर्ष २०७१÷७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरू प्रस्तुत गर्दै आएको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply