जनकमान सामु बयान
शायद लेख पहिले जस्ताको तस्तै प्रिन्ट भयो तर पछि सम्पादन गर्नेहरू वा कसैले ती अंशहरू मेटाउन कालो पोतिएर आएको रहेछ ।
हलमा आयोजकहरूले ‘भूलवश यस्तो हुन गयो, अब जस्ताको तस्तै पारेर छापी पठाइनेछ’ भने । तर अनौपचारिक रूपले के जानकारी दिइयो भने त्यसो गरिनुको कारण यी प्रथम राष्ट्रिय कानुन व्यवासयी सम्मेलन राजा वीरेन्द्रद्वारा उद्घाटन गराउने कोशिस गर्दा राजदरबारले कानुन व्यवसायी सम्मेलनमा बाँडिने सबै कागजपत्रहरू मगाउने भयो । त्यसो हुँदा तपार्इंको लेखको कुनै कुनै अंश त्यसो गरियो । अब जस्ताको तस्तै बनाएर छापिनेछ ।’ तर राजा वीरेन्द्रबाट प्रथम कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्ने स्वीकृति आएन ।
कानुन व्यवसायी सम्मेलन सकिएपछि मैले गणेशराज शर्मालाई भने वीपी गणेशमानजीहरूको मुद्दाको बहस सुन्ने मौका मिलाउनुस्न । उहाँले भन्नुभयो कि तर आज भोलि वीपीको मुद्दाको बहस छैन, सबैको बयान सकिइसकेपछि फेरि वीपी, गणेशमान सिंहहरूलाई अदालतमा थुनछेकको बहस चल्दा ल्याउँछ । आज महेश कर्मोचाको बयान छ हेर्न जाने भए हिँड्नुस् । ‘म जनकमान श्रेष्ठको विशेष अदालत हेर्न गएँ । तर जनकमानले कर्मोचालाई भने– ‘तपाईंको नाम वीपी कोइराला र गणेशमान सिंहको बयानमा चिन्दछु भनेर आएको छैन । तपाईंको बयान आज समय नहुँदा पनि लिन्छु ।’
म गणेशमान शर्माको साथ निस्कें । मैले उहाँलाई सोधें– ‘त्यहाँ अदालतको मान्छे छाडी कोही सिइआडी वा पुलिसको मान्छे सादा भेषमा देखिन । के त्यहाँ त्यस कोठामा के–के कुरा गरे सुन्ने र रिपोर्ट गर्ने कोही छैन ?’
गणेशराज शर्माले भन्नुभयो– ‘मैले बुझे अनुसार यहाँको सबै कुरा भरबाइटम राजदरबारमा त्यसै दिन पुग्छ । एलेक्ट्रोनिक डिभाइसहरूको जमाना थाहा नपाउने गरी जडान होला । मान्छेले टिप्नेभन्दा पक्की बन्दोबस्त होला ।’
वीपी कोइरालाका तर्फबाट गणेशराज शर्मा साथै कृष्णप्रसाद भण्डारी र कसुम श्रेष्ठ कानुन व्यवसायी हुनुहुन्थ्यो भने गणेशमान सिंहका तर्फबाट भूतपूर्व एटर्नी जेनरल कृष्णप्रसाद घिमिरे हुनुहुन्थ्यो ।
नेपालको प्रथम कानुन व्यवसायी सम्मेलन सुरु हुनुअघि चैत २०३३ मा विगत तीस वर्षदेखि लगातार केन्द्रमा सरकार चलाउँदै आएको भारतको कांग्रेसको सरकार हटी नयाँ जनता पार्टीको सरकार बनिसकेको थियो । जनता पार्टीमाथि केही महिनाअघि पटनामा रुँदै नेपाल जान वीपीलाई बिदा गर्ने बुढा समाजवादी नेता जयप्रकाश नारायणको ठूलो प्रभाव थियो ।
कानुन व्यवसायी सम्मेलन वैशाखमा सकेर म विराटनगरमा पुगेको केही दिनहरू पछि जेठ २०३४ मा वीपी कोइरालालाई राजा वीरेन्द्रले औषधि उपचार गर्न भनी रिहा गरे । तर वीपी कोइराला थुनामा रहँदै गिरिजाप्रसाद कोइरालासमेत प्रतिवादी रहेका मुद्दामा २०३३ को फागुनमा बासुदेव शर्मा र झपट सिंह रावलको बेञ्चले यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने संजाय सदर गरेको थियो । तर मृत्युदण्ड भने कार्यान्वयन गरिएको थिएन । मान्छेहरू भन्दछन्– उच्च तहमा रहेका दरबारिया र पञ्चायती मन्त्रीहरूको सोंच थियो कि यस्तो अवस्थामा वीपी कोइरालालाई विदेश जान दिए उनी नेपाल नफर्केलान् ।
वीपी कोइराला भारत र अमेरिकामा केही महिना उपचार गरी फेरि अमेरिकाबाट सोझै कलकत्ता पुग्नुभयो जहाँ सुवर्णशम्शेर ठूलो दोस्रो हृदयघात पछि मृत शैय्यामा हुनुहुन्थ्यो । कलकत्तामा २०३४ भदौमा वीपीले सुवर्णलाई भेटेको तीन दिनपछि भदौमै सुवर्णको मृत्यु भएको थियो ।
विराटनगरमा एउटा हलमा सुवर्ण शमशेरको स्मृतिमा शोकसभा आयोजना गरिएको थियो । जसमा मैले पनि श्रद्धाञ्जलि प्रकट गरेको थिएँ । केही पञ्चहरूले वीपीलाई फाँसी देउ भनी हल्ला गर्दै थिए । तर वीपी कोइराला भारतमा नेताहरूसँग भेटी दुई महिनापछि काठमाडौं फर्कदा एयरपोर्टमा पक्राउ गरी थुनियो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply