जातीय नारा होइन, राष्ट्रिय एकता अभियान चलाऔं
पहिलो संविधानसभाले मूलत: संघीयताका कारण संविधान बनाउन नसकेपछि टुँडिखेलमा तत्कालै संयुक्त रूपमा लाखौं जनताको भेला गर्नका लागि दलहरूलाई कार्यकर्ता चाहिएको थियो । त्यही टुँडिखेलको कार्यक्रम सफल पार्न नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य राजेन्द्र पाण्डेको उपस्थितिमा कीर्तिपुरको विश्वविद्यालय काठमाडौं जिल्ला १० नम्बर क्षेत्रको भेला सम्पन्न भयो । पहिले वामदेव गौतम आउने भनेर कार्ड बाँडिए पनि प्राविधिक कारणले उहाँ आउन नसक्नुभएको सो कार्यक्रममा मैले ‘अझै पनि राष्ट्रिय झन्डा नउठाउने ? खाली पार्टी स्वार्थको कुरा मात्र गर्ने ? भनेर प्रश्न उठाएँ । त्यही दबाबका कारण तत्कालै पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय चम्पादेवीमा नेपालको चन्द्र सूर्य अंकित झन्डा राखेर कार्यक्रम गरेको पाइयो । तर, त्यो झन्डा देब्रेतर्फ राखिएको थियो ।
पछि नेकपा (एमाले)का सबै सभासद्हरूले संसद्को लोगोको सट्टा नेपालको राष्ट्रिय झन्डाको लागो अनिवार्य लगाउने निर्देशनसहित अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीबाट यो कामको थालनीसमेत भयो । त्यसपछि नेपाली देशभक्तहरूमा एमाले पार्टीप्रति सकारात्मक सन्देश बढ्न थालेको छ । यो सबै कामको अभियान मैले नै चलाएको हो । हामीले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान चलाइरहेका छौं ।
हुन त म तामाङको छोरा हँु । तर, म जातीय राजनीति फिटिक्कै मन पराउँदिन । वर्षौंदेखि जातीय विविधताका बीच सामाजिक सद्भावसहित मिलेर बसेका हामीलाई जातको नाममा विभक्त गर्न खोजिँदैछ । यसतर्फ सबै सचेत रहनुपर्छ । देश रहे मात्र हामी रहन्छौं । जातभन्दा ठूलो देश हो । म एमालेको वफादार कार्यकर्ता हँु । अहिले दक्षिणकाली नगर कमिटी वडा नम्बर १ को संयोजक पनि हुँ । तर, म पार्टीले नै स्थापना गरेको नेपाल लोकतान्त्रिक तामाङ संघ तथा जातीय संघ तामाङ घेदुङलगायत कुनै संस्थामा पनि आबद्ध छैन । अन्य साथीहरूलाई पनि जातीय नारा नउचाल्न आग्रह गर्दछु ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply