यसरी भयो दुई पार्टीको मेल
०४२ सालतिर सहाना प्रधान विराटनगर आउनुभयो । भरतमोहन अधिकारीको घरको पछाडिपट्टि एउटा पाल टाँगेर मनमोहन र सहाना दुवै समूहका कार्यकर्ताहरूको मोरङ–सुनसरीको संयुक्त भेला आयोजना गरिएको थियो । त्यसपछि पाटनमा दुवै पार्टीको केन्द्रीय कमिटीको संयुक्त बैठक बस्यो ।
०४३ फागुन अन्तिममा वाराणसी सहरको छेउ सारनाथस्थित एउटा बौद्ध हलमा दुवै पार्टीको संयुक्त सम्मेलन भयो । त्यसका भन्ते (बुद्धिस्ट मंक) श्रीलंकाली थिए । दुवै पक्षको पोलिटब्युरोमा दुवैतर्फबाट पाँच/पाँच रहने कुरा भयो । बलराम उपाध्यायले हत्त न पत्त महासचिवमा सहाना प्रधानको नाम प्रस्ताव गर्नुभयो । हामीहरू सबैले अँध्यारो मुख लगायौं । जतिसुकै मन नलागे पनि हाम्रो पक्षबाट कसैले केही बोल्न सकेन । तर, सहाना प्रधानकै केन्द्रीय कमिटीमा रहनुभएका रामसिंह रावलले ‘महासचिव मनमोहन अधिकारीलाई बनाउँदा राम्रो हुन्छ’ भन्नुभयो । अब बल्ल मनमोहन समूहका मान्छेहरूमा आशा जाग्यो । सहाना प्रधान पनि मौन हुनुभयो । मनमोहन अधिकारी महासचिव हुनुभयो ।
त्यसको मूल्य मैले चुकाउनुपर्यो । किनभने बलराम उपाध्यायले मनमोहन अधिकारी महासचिव हुने भएमा पोलिटब्युरोमा सहाना प्रधानका पाँच र मनमोहनतिरका चार रहँदा आपसमा विश्वासको वातावरण हुन्छ भन्नुभयो । हामीले पनि मान्यौं । म पोलिट्ब्युरोबाट बाहिरिएँ ।
मलाई सम्झना भए अनुुसार, मनमोहन अधिकारीका साथै सहाना प्रधान, बलराम उपाध्याय, चित्रबहादुर गुरुङ, गोविन्द ज्ञवाली, प्रभुनारायण चौधरी, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, केशरमणि पोखरेल, कमल कोइराला, बोधराज काफ्ले, भीम सेढाईं, ओमराज कोइराला, रामसिंह रावल, रामबहादुर भण्डारी, भदेश्वर साह, तिलक पराजुली, एकराज पाण्डे, खेमनारायण ढुंगाना, ऋषि कट्टेल, माधव ज्ञवाली, प्रलयहाङ्ग सुब्बा, सत्यदेव भट्टराई, अष्टबहादुर मगर, हरहरि यादव र दु:खीलाल चौधरी रहेको केन्द्रीय कमिटी बन्यो । पोलिटब्युरोमा मनमोहन र सहाना प्रधानका साथै साहनाका तर्फबाट बलराम उपाध्याय, चित्रबहादुर गुरुङ र गोविन्द ज्ञवाली रहनुभयो भने मनमोहन समूहबाट भरतमोहन अधिकारी, सिद्धिलाल सिंह र केशरमणि पोखरेल छानिनुभयो ।
सधैं एकतामा खुसी हुने मलाई दुवै पार्टीको मेलले धेरै खुसी लाग्यो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply