सीतारामलाई सहुलियत
काठमाडौं । घरेलु तथा साना उद्योग विकास बैंकको नाममा सर्वसाधारणको करोडौं डुबाउनुका साथै अन्तिममा बैंक समेत डुबाएका सीताराम प्रसाईंलाई रातारात सिंगापुर भगाइएको छ ।
बैंक डुबाएर लामो सयम फरार रहेका र पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका प्रसाईं स्वास्थ्य उपचारका नाममा अदालतको आदेश मिलाएर हालै विदेश गएका हुन् । उनलाई चन्द्रकला राई र होसियारसिंह गुरुङ ऋणी भएर सिमराको जग्गा तत्कालीन अवस्थामा धितो राखी २ करोड ८४ लाख कर्जा निकालेर खाएको अर्को मुद्दा लागेको थियो । राई र गुरुङ २ जना अहिले पनि फरार छन् ।
पछिल्लो पटक सो बैंक मनकामना विकास बैंकसँग मर्जर भएको थियो भने पछि भ्याली फाइनान्स र यती फाइनान्स
मिलेर यति विकास बैंकमा रूपान्तर भएको थियो ।
गोंगबुमा टिकट काउन्टर भवन बनाउने भन्ने नक्कली परियोजना बनाएर ४ बिघा जग्गा धितो राखिएको थियो । सक्कली व्यक्तिका नक्कली नाम राखेर जग्गा धनी पुर्जा र दृष्टिबन्धकको कागजसमेत नक्कली बनाएर जग्गा रोक्कासमेत राखी मिलीभगतमा ऋण प्रवाह गरिएको थियो । बाहिरबाटै किर्ते लिखत तयार गरी काम गरिएको सो मुद्दामा सीआईबीले सरकारी छाप दस्तखत तथा ठगी मुद्दामा जिल्ला अदालतमा प्रसाईं तथा तुलसीप्रसाद उप्रेती, कञ्चननाथ पराजुली र यती विकास बैंकका जोखिम प्रबन्ध शाखाका प्रमुख सञ्जीव पन्तविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले थुनछेकको बहसमा प्रसाईंसमेतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यस्तै, यतीका प्रबन्धक पराजुलीलाई भने ३५ लाख धरौटीमा रिहा गरेको थियो । प्रसाईंले जिल्ला अदालतको आदेश करेक्सन गर्न भन्दै पुनरावेदन अदालतमा १७ नम्बरको उजुरी गरे । पुनरावेदनले ‘सञ्जीवको हकमा सदर छ’ भन्यो भने प्रसाईंलगायतलाई ५०–५० लाख धरौटीमा धुनामुक्त गर्न आदेश दियो । न्यायाधीश शम्भुबहादुर खड्का र हेमराज पन्तको इजलासले राति आठ बजेसम्मको कार्यसूची राखेर अन्तत: प्रसाईंलाई विदेश जाने अनुमति दिएको छ ।
सरकारवादी भएको फौजदारी मुद्दामा प्रतिवादीलाई वारिस राख्ने छुट नहुने कानुनी परम्परा छ । त्यति मात्र होइन, प्रतिवादी आफैं उपस्थित भई पुर्पक्ष गर्नुपर्ने हुन्छ ।
बिरामीको अवस्था हेरेर उपचारको सुविधा दिन सकिने तर त्यसमा न्यायाधीशलाई उक्त व्यक्ति ‘आउँछ, भाग्दैन र अदालतको फैसला अनुसार शिरोधार्य गर्छ’ भन्ने विश्वासको आधार हुनुपर्ने हुन्छ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश अच्युतबहादुर विष्टले त्यस्ता १७ वटाभन्दा बढी ठगी मुद्दा लागेका प्रसाईंलाई विश्वास लाग्ने आधार देखेर विदेश जान अनुमति दिँदा अन्य न्यायाधीशहरू भने अचम्ममा परेका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply