एक रात जोगबनीमा निर्वासन
मनमोहन अधिकारी काठमाडौंमै रहनुभयो । म र भरतमोहन अधिकारी विराटनगरतिर आन्दोलन गर्न फक्र्यौं । आन्दोलन उठाउनेबारे नेपाली कांग्ेरस, नेकपा (माक्र्सवादी) र नेकपा (माले)का त्यता रहेका नेताहरूको गुप्त भेलाहरू हुन थाले ।
पञ्चायती प्रशासनले आन्दोलनलाई संगठित गर्न नपाऊन भनेर राजनीतिक दलका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गर्न थाल्यो । माक्र्सवादीका भरतमोन अधिकारी, मालेका लब प्रधान ‘मित्र’, घनश्याम खतिवडालगायत पक्राउ परे ।
कांग्ेरसका नेता चिरञ्जीवी रिजाल भूमिगत भए । एक साँझ झमम्क साँझ परेपछि उनले बोलाएको ठाउँमा लुक्दै छिप्दै पुगेँ । त्यहाँ पुग्दा भर्खर चिरञ्जीवी रिजाललाई प्रहरीले पक्राउ गरेर लगेको कुरा बाटैमा मलाई कुरेर बसेका साथीले जानकारी दिए ।
ती मित्रले बैठक पोखरियास्थित महेश रेग्मीको घरमा सारिएको बताए । म त्यहाँ पुग्दा मालेका नेता सुबोध प्याकुरेल र अरू कांग्ेरसका कार्यकर्ताहरू भेटिए । अर्को दिन सुनेँ– सुबोध प्याकुरेल पनि पक्राउ परे ।
मैले सोचें– मैले कुनै हालतमा फागुन ७ गते कम्युनिस्ट पार्टीको झन्डा लिएर निस्कनै पर्छ । नत्र माक्र्सवादीको कुनै नाम चलेको व्यक्ति त्यस दिन हुँदैन । आफ्नो घरमा त झन् बस्नै हुन्न । जाँदा–आउँदा कुनै बेला पक्राउ पर्न सक्छु । कांग्ेरसका केही नेताहरू पनि भूमिगत भइसकेका थिए ।
फागुन ७ गते हनुमानढोकाको ठूलो आँप बगैंचाबाट झन्डा बोकेर जुलुस निस्कने कुरा थियो । कम्युनिस्ट पार्टीको ठूलो झन्डा पकेटमा हालेर म फागुन ६ गते बिहान झिसमिसेमा हाम्रो खेतीबारी पर्ने केसलिया नदी किनार हुँदै सीमा काटेर भारत जोगबनीतर्फ गएँ । राति त्यहीँ बसेँ । त्यसो गर्दा फागुन ७ गते बिहानै त्यसैगरी विराटनगर फर्केर झन्डा लिएर निस्किन सकिन्थ्यो ।
म पञ्चायतकालमा पहिलेदेखि नै सभा–जुलुसहरूमा भाग लिँदा घडी, चस्मा र पैसा नबोकी हिँड्थेँ । किनभने, कुन बेला प्रहरीले लखेट्छ र दौडादौड पर्छ, ठेगाना हुँदैनथ्यो । तर, त्यस पटक भने अरू थोक नलिए पनि पकेटमा जोगबनीमा लजमा बस्न र खान पैसा बोकेको थिएँ । जोगबनी पुगेर टन्न नास्ता गरेँ । बिहानभर भोकै हिँडेको थिएँ । साँझ कोठा नपाइएला भनेर एउटा लजमा पुगेर तत्कालै कोठा बुक गरेँ ।
फागुन ६ गते नै पक्राउ पर्ने आसन्न संकटबाट जोगिन म एकरात जोगबनीमा निर्वासन बसेँ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply