भीसीमत्ता कांग्रेसभित्रै असन्तुष्टि
काठमाडौं । सहयात्री नेकपा (एमाले)लाई उपेक्षा गरेर नेपाली कांग्रेसले एकलौटी ढंगले पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेपछि एमाले त असन्तुष्ट भएको छ नै, स्वयम् नेपाली कांग्रेसभित्र पनि यसले चर्को असन्तुष्टि छाएको छ । एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले पाँचै विश्वविद्यालयमा सो निर्णयविरुद्ध तालबन्दी गरेका बेला निर्णय सच्याउनुपर्ने भन्दै कांग्रेसी प्राध्यापकहरूले नै एमालेनिकट प्राध्यापकलाई अप्रत्यक्ष रूपमा साथ दिएका छन् ।
खासगरी पाँचमध्ये त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको नियुक्ति भने निकै विवादमा तानिएको छ । त्रिविमा नियुक्त प्राडा तीर्थ खनियाँ र नेपाल संस्कृत विश्वविद्यालयमा नियुक्त भएका कुलप्रसाद कोइरालालाई जसरी पनि बर्खास्ती गर्नुपर्ने भन्दै कांग्रेसी प्राध्यापकहरूले सम्बन्धित स्थानमा कुरा पुर्याएको बुझिएको छ । उनीहरूको दबाबले सार्थक रूप पाउँछ वा पाउँदैन अहिले नै यसै भन्न सकिने अवस्था नभए पनि यी दुई उपकुलपति भने तनावमा परेका छन् । त्रिविका खनियाँविरुद्ध बौद्धिक चोरीको आरोप लागेको छ भने पैसा खर्च गरेर भीसी बनेको भन्दै सबैले आफूहरूको शिर निहुरेको बताएका छन् ।
भीएस निकेतनका सञ्चालक बाबुराम पोखरेल र प्याब्सनका अध्यक्ष उमेश श्रेष्ठले शिक्षामन्त्री चित्रलेखा यादवलाई करोडौं बुझाएर आफ्नो ‘एसमेन’का रूपमा खनियाँको नियुक्ति गराएको कांग्रेसीहरूले आरोप लगाएका छन् । त्यसो त खनियाँ र पोखरेल सम्धी पनि हुन् । मेडिसिन र इन्जिनिरिङ कलेजहरूलाई सम्बन्धन दिँदा करोडौं उठाउन पाइने र खनियाँले सोही अनुसार काम गर्ने आशाले श्रेष्ठ र पोखरेलले खनियाँमार्फत लगानी गरेको कांग्रेसी वृत्तमा चर्चा छ । त्यसो त खनियाँको प्राज्ञिक पृष्ठभूमि कम र राजनीतिक व्यक्तित्व बढी भएको भन्दै कांग्रेसले नै पाउँदा पनि राजनीतिकभन्दाप्राज्ञिक व्यक्तित्व कम भएका व्यवस्थापन संकायका पूर्व डिन गोविन्द आचार्य जस्ता व्यक्तिलाई बनाउनुपर्ने उनीहरूको माग छ । त्यसो त खनियाँ चितवनबाट गत चुनावमा कांग्रेसबाट उम्मेदवार बन्न ठिक्क परेका र पछि सुशील कोइराला नै उठ्ने भएपछि छोडिदिएका व्यक्ति हुन् । सेटिङ अनुसार नै त्रिविमा एकल नाम सिफारिस गरेर खनियाँलाई ल्याइएको थियो ।
त्यस्तै, यसअघि संस्कृत विश्वविद्यालयबाटै नियुक्ति गर्ने चलन रहेकामा कोइरालालाई भने गैरसंस्कृत क्षेत्रबाट ल्याइएको छ । सो विश्वविद्यालयबाट कार्तिकेय घिमिरे, पुरुषोत्तम दाहाललगायतको चर्चा चलेको थियो । कोइरालालाई पनि सुजाता कोइरालाले मन्त्री यादवसँगै सिधै दबाब दिएर नियुक्त गर्न लगाएकी थिइन् । पछिल्लो पटक कोइराला जथाभावी बोल्दै हिँडेको भन्दै प्राध्यापकहरू रुष्ट छन् । कांग्रेसले सत्ता साझेदार दललाई भीसी नियुक्तिमा उपेक्षा गरेर एकलौटी गरेपछि एमालेले भने वार्ता गर्न माधव नेपालकै ंयोजकत्वमा वार्ता कमिटी बनाएको छ ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- प्रधानमन्त्री ओलीले पठाए मोदीलाई नेपाल भ्रमणको निम्तो
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply