भीसीमत्ता कांग्रेसभित्रै असन्तुष्टि
काठमाडौं । सहयात्री नेकपा (एमाले)लाई उपेक्षा गरेर नेपाली कांग्रेसले एकलौटी ढंगले पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेपछि एमाले त असन्तुष्ट भएको छ नै, स्वयम् नेपाली कांग्रेसभित्र पनि यसले चर्को असन्तुष्टि छाएको छ । एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले पाँचै विश्वविद्यालयमा सो निर्णयविरुद्ध तालबन्दी गरेका बेला निर्णय सच्याउनुपर्ने भन्दै कांग्रेसी प्राध्यापकहरूले नै एमालेनिकट प्राध्यापकलाई अप्रत्यक्ष रूपमा साथ दिएका छन् ।
खासगरी पाँचमध्ये त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको नियुक्ति भने निकै विवादमा तानिएको छ । त्रिविमा नियुक्त प्राडा तीर्थ खनियाँ र नेपाल संस्कृत विश्वविद्यालयमा नियुक्त भएका कुलप्रसाद कोइरालालाई जसरी पनि बर्खास्ती गर्नुपर्ने भन्दै कांग्रेसी प्राध्यापकहरूले सम्बन्धित स्थानमा कुरा पुर्याएको बुझिएको छ । उनीहरूको दबाबले सार्थक रूप पाउँछ वा पाउँदैन अहिले नै यसै भन्न सकिने अवस्था नभए पनि यी दुई उपकुलपति भने तनावमा परेका छन् । त्रिविका खनियाँविरुद्ध बौद्धिक चोरीको आरोप लागेको छ भने पैसा खर्च गरेर भीसी बनेको भन्दै सबैले आफूहरूको शिर निहुरेको बताएका छन् ।
भीएस निकेतनका सञ्चालक बाबुराम पोखरेल र प्याब्सनका अध्यक्ष उमेश श्रेष्ठले शिक्षामन्त्री चित्रलेखा यादवलाई करोडौं बुझाएर आफ्नो ‘एसमेन’का रूपमा खनियाँको नियुक्ति गराएको कांग्रेसीहरूले आरोप लगाएका छन् । त्यसो त खनियाँ र पोखरेल सम्धी पनि हुन् । मेडिसिन र इन्जिनिरिङ कलेजहरूलाई सम्बन्धन दिँदा करोडौं उठाउन पाइने र खनियाँले सोही अनुसार काम गर्ने आशाले श्रेष्ठ र पोखरेलले खनियाँमार्फत लगानी गरेको कांग्रेसी वृत्तमा चर्चा छ । त्यसो त खनियाँको प्राज्ञिक पृष्ठभूमि कम र राजनीतिक व्यक्तित्व बढी भएको भन्दै कांग्रेसले नै पाउँदा पनि राजनीतिकभन्दाप्राज्ञिक व्यक्तित्व कम भएका व्यवस्थापन संकायका पूर्व डिन गोविन्द आचार्य जस्ता व्यक्तिलाई बनाउनुपर्ने उनीहरूको माग छ । त्यसो त खनियाँ चितवनबाट गत चुनावमा कांग्रेसबाट उम्मेदवार बन्न ठिक्क परेका र पछि सुशील कोइराला नै उठ्ने भएपछि छोडिदिएका व्यक्ति हुन् । सेटिङ अनुसार नै त्रिविमा एकल नाम सिफारिस गरेर खनियाँलाई ल्याइएको थियो ।
त्यस्तै, यसअघि संस्कृत विश्वविद्यालयबाटै नियुक्ति गर्ने चलन रहेकामा कोइरालालाई भने गैरसंस्कृत क्षेत्रबाट ल्याइएको छ । सो विश्वविद्यालयबाट कार्तिकेय घिमिरे, पुरुषोत्तम दाहाललगायतको चर्चा चलेको थियो । कोइरालालाई पनि सुजाता कोइरालाले मन्त्री यादवसँगै सिधै दबाब दिएर नियुक्त गर्न लगाएकी थिइन् । पछिल्लो पटक कोइराला जथाभावी बोल्दै हिँडेको भन्दै प्राध्यापकहरू रुष्ट छन् । कांग्रेसले सत्ता साझेदार दललाई भीसी नियुक्तिमा उपेक्षा गरेर एकलौटी गरेपछि एमालेले भने वार्ता गर्न माधव नेपालकै ंयोजकत्वमा वार्ता कमिटी बनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply