जनआन्दोलन र पकेटमार
२०४६ फागुन ७ आज मैले पार्टीको झन्डाको साथ पक्राउ पर्नुछ । हिजो साँझ खाना खाएर जोगबनीमा चाँडै सुतें । आज मैले सूर्य उदाउँदा–नउदाउँदै उठेर तयार भइसक्नुपर्छ । जोगबनी रेल स्टेसनको पश्चिम भारतको टिकुलिया बस्तीको पश्चिम मोरङ सुगर मिल, रानीको पूर्वाञ्चल प्रहरी क्याम्पभन्दा पश्चिम भएर ती सबै नाघिसकेपछि कोशी नहरको बाटो समाती चन्द्रमणि न्यौपानेको घरमा निस्किनुछ । त्यहाँ जे पाइन्छ, खाएर तीनटोलियाका भित्री बाटोहरू हुँदै हनुमान दासको आँपको बगैंचा निस्कनुछ । त्यहाँ निस्केपछि मेरो हातमा हँसिया हथौडावाला रातो झन्डा हुनेछ ।
तेज रफ्तारमा हिँड्दा पनि एक घन्टाभन्दा बढी सम्भव त्यहाँ पुग्दा लाग्यो । चन्द्रमणि घरमा थिएनन् । तर, उनका क्याम्पस पढिरहेका एक जना छोरा थिए । नास्ता चिया खाएँ । दिउँसो एक बजे कार्यक्रम सुरु हुने हुँदा म उनलाई मभन्दा केही अगाडि हिँड्दै कुनै पुलिस देखे उनले मलाई सावधान गर्ने हामीबीच पूर्व सल्लाह भएको थियो । म जसरी पनि तोकिएकै ठाउँ पुगेर मात्र पक्राउ पर्न चाहन्थें । ती ठिटा अब नेपाल आर्मीमा अफिसर छन् । उनका पिता चन्द्रमणिले पनि पहिले नै कांग्ेरस ज्वाइन गरे ।
त्यस दिन उनले स्काउट बनेर मलाई सुरक्षित रूपले लग्दै गए । तौरेन्द्रमान सिंह प्रधानको घरनेर पुग्दा उनी पर्खेर बसेका रहेछन् र उनले सू्रचना दिए कि मान्छे जम्मा नहुँदै त्यो ठाउँ पुलिसले घेरेपछि अब कार्यक्रम एकैपटक मधुमाराको उत्तर देवकोटा चोकमा हुने भएको छ । अनि मैले उनलाई अब मधुमारा छिर्छु तिमी फर्क भनें । बाटोमा एउटा बाँसको टाटीबाट झन्डा सिहुरने लाठी निकालिसकेको थिएँ । म मधुमाराबाट देवकोटा चोक निस्कने बाटोमा त्यहाँ जम्मा भएका मान्छेहरूको ठूलो भीडले बन्दुक, टियर ग्याँस, लाठीहरू लिएको पुलिसको डफ्फा ढालले भीडले फालेका ढुंगा, माटोका ढेप्पा छेक्दै तेजीले अगाडि बढिरहेको थियो । त्यहाँ मेरो भेट नेकपा (माले)का हरि घिमिरेसँग भयो । मेरो हातमा झन्डा थियो । हरि घिमिरेले मलाई भन्नुभयो– ‘दाइ यहाँ म्याकसिमम भइसक्यो अब हामी अरू चोकतिर गएर प्रदर्शन गरौं । मैले भनें– ‘मैले झन्डा बोकेको छु । कुटे–पिटे पनि मैले यहीं तोकेको ठाउँ पक्राउ खानुपर्छ । तपाईं जानूस् ।’
अब म झन्डा बोकेर अगाडि बढ््दै आएको पुलिसतिर लम्कन थालें । यसरी म एक्लै अगाडि बढें । बन्दुक र लाठीधारी पुलिसहरू दौडदै आए । मेरो हातबाट झन्डा खोसेर सडकमा फाली त्यसलाई बुटले कुल्चन थाले । ‘लग यसलाई पुलिस भ्यानमा कोच ।’ दुईटा पुलिस दुईतिरबाट समाएर मलाई घिसार्न खोजे । तर, म उल्टै उनीहरूभन्दा तेज हिँड्न थालें । देवकोटा चोकको पश्चिम कोशी अञ्चल अस्पतालतिर जाने बाटोमा खडा पुलिसको पश्चिमपट्टि ढोका भएको गाडीमा मलाई धकेल्न थाले । तर, नछिर्दै एउटा खुट्टा बाहिर रहँदै रिसले ढोकाले च्यापियोस् भनी बाहिरबाट ढोका बन्द गर्न खोज्यो । मैले अर्को खुट्टाले ढोकामा लात हान्दै भनें– ‘पक्रेर पुगेन खुट्टा च्यापेर भाँच्न खोज्ने भन्दै दुवै खुट्टा भित्र पारें ।
भित्र मैले विनोद दाजु (विनोद कोइराला, अहिलेका प्रधानमन्त्री सुशील कोइरालाका दाजु), पुलिसको गाडीभित्र उहाँको टाउकोबाट तप–तप रगतका थोपा टपकिरहेको देखेर भनें– ‘तपाईंको टाउकोबाट रगत निस्किरहेको छ ।’ सायद उहाँलाई भर्खर मभन्दा केही क्षण पहिले ल्याइएको थियो होला । उहाँले शान्त भागले भन्न्ुभयो– ‘टाउकोमा लाठी हानेका थिए ।’ हामीहरू पक्राउ परेका पाँच छ जनालाई पछाडिको समानान्तर दुई सिटहरूमा राखिएको थियो । अरूहरूलाई मैले चिनिनँ ।
त्यो पुलिस गाडीको अगाडिको सिटमा दोहोरो कुरा गर्ने वायरलेस जडान थियो । मैले नचिनेको पुलिस अफिसर सीडीओलाई भनिरहेको थियो– ‘खपिनसक्नु ढुंगामुढा प्रहार गरिरहेका छन् । आत्मरक्षालाई गोली चलाउने अर्डर पाऊँ ।’
उताबाट जवाफ पायो– ‘तिमीहरू पनि ढुंगा हान । टियरग्यास छोड । पहिले नै गोली चलाइनहाल्नू ।’ त्यो मैले नदेखेको सीडीओ मलाई बडो बुद्धिमान जस्तो लाग्यो । अब त्यो पुलिस गाडी नजिक उभिएको एउटा पुलिसले अर्को पुलिसलाई भन्यो– ‘समा त मेरो बन्दुक, म पनि सालाहरूलाई जे पायो त्यसले हान्छु । अर्को पुलिस दुईटा बन्दुक समाएपछि त्यो क्रोधी मूर्ख पुलिस ढुंगा पुग्नै नसक्ने गरी पर रहेको भीडपट्टि ढुंगा हान्न थाल्यो । त्यो दिन विराटनगरमा गोली चलेको भए धेरै मर्थे । टियर ग्यास सेलहरू फ्याँक्दै थिए । भ्यानभरि मान्छे भएपछि त्यो गाडी हिँडाइयो र ट्राफिक पुलिस चोकको कम्पाउन्ड भवनमा हामीलाई उतारियो ।
एकछिनपछि विनोद कोइरालालाई र लाठी चार्जका अरू घाइतेलाई अस्पताल लगियो ।
सबै बुद्धि पुगेसम्म आफ्नो मौका चुक्न चाहँदैनन् । म त्यत्रो जुक्ति गरेर ३१ घन्टाको तयारीपछि देवकोटा चोकमै झन्डा लिएर प्रतिबन्ध तोड्न सकेको सफलतामा खुसी थिए । नत्र भए फागुन ७ गते २०४६ मा नाम चलेको कम्युनिस्ट नेता त्यस दिन पक्राउ पर्दैन थिए ।
अपराधीहरू पनि अपराध गर्न सजिलो र अनुकूल वातावरण खोज्दै छन् ।
ट्राफिक पुलिस अफिसमा म सँगै पुलिस गाडीमा ल्याइएको एउटा ३२/३३ वर्षको पातलो सानो साइजको कर भएको युवकले भने– ‘दाइ मलाई साह्रै भोक लागेको छ । दाइलाई पनि भोक लाग्यो होला । यो पैसा राख्नुस् । दुईवटा चिकेन कटलेट टोम्याटो सस साथ र दुई बोतल चिसो कोकाकोला ल्याउन भन्नूस् ।’
मैले सोचें यो मैले नचिनेको मोरङको कुनै कांग्ेरसी कार्यकर्ता होला । भोकप्यास त दिनभरको दौडधूपले मलाई पनि लागिरहेको थियो । मैले भित्र–बाहिर गरिरहेको सिभिल ड्ेरस लगाएको पुलिसलाई बोलाएँ । त्यो युवक एकछिन मभन्दा परै थियो । मैले पैसा दिएर अर्डर गरेपछि पुलिस जानासाथ फेरि मेरो छेउमा आएर बस्यो । अनि मैले उसलाई सोधें– ‘भाइको नाम के हो ?’ उसले भन्यो– ‘मेरो नाम पें्रको हो ।’
मैले भने– ‘प्ेरंको त कुनै उपनाम जस्तो छ नि ।’ उसले भन्यो– ‘नाम त मेरो प्ेरमकुमार हो । तर यो प्ेरंको डिस्को जमानाको मोर्डन नाम राख्या ।’ पुलिसले अर्डर गरिदिएकाले केहीबेरमै नजिकको रेस्टुरेन्टबाट कटलेट र कोकाकोला आई त्यहाँ काम गर्नेले ट्ेरमा ल्याएर राखेर गयो । हामी खान थाल्यौं ।
प्ेरंकोलाई म सँगै खाएको देखेर अर्को एउटा पुलिसले भन्यो– ‘साला पकेटमार ।’ अनि मतिर हेर्दै भन्यो– ‘यो कुनै पार्टीको मान्छे होइन धरानको पकेटमार हो । यसको काम धरान विराटनगर रुटमा चल्ने बसहरूमा पकेटमारी गर्ने हो । यसको एउटा दाँत नक्कली छ ।’ पुलिस गएको केहीबेरमै फेरि नोट निकाल्दै मलाई भन्यो– ‘अब दुई गिलास भुइँकटहरको बरफ हालेको जूस मगाउनूस् । मैले पुलिसको कुरा सुनिसकेकाले भनें– ‘किन यसरी फटाफट पैसा खर्च गर्दैछौं ?’
उसले चुपचाप पैसा गोजीमा राख्यो ।
मैले २०४६ मा मोरङमा पक्राउ परेको ५२ दिनपछि काठमाडौं चलान भई भद्रगोल जेलमा २ वर्षजति बस्दा पकेटमारहरूसँग सुनिसकेको थिएँ कि पकेटमारहरू पकेट मार्नासाथ सकेसम्म मीठो खाने काम गर्दछन् । रक्सी, माछा, मासु भटाभट खाइसक्दछन् किन भने चिनेको पुलिसले भेट्नासाथ ‘साला रन्डीको छोरा’ भनेर समाई सबै पैसा खोस्छ र छाडिदिन्छ । कहिलेकाहीँं पब्लिकले पक्रेर मात्र मुद्दा चलाएर सजाय गर्न अदालत पुर्याउँछ ।
जुलु्समा मान्छेहरूको ध्यान अगाडिको पुलिसपट्टि हुन्छ र त्यसरी ध्यान अर्कैतिर पुगेको तनावको वातावरणमा प्रेंकोले पकेट मार्न राम्रो मौका छोप्न सफल भयो । तर, मागिरहेका सत्याग्राहीहरूलाई झैं उसलाई पनि उनीहरूजस्तै ठानी पुलिसले लखेटेर पक्रीहाल्यो ।
अब हामीहरूलाई थुन्ने ठाउँ चलान गरेपछि पुलिसले पहिलो काम उसलाई नांगेझार पारी सबै पैसा खोस्छ । केही वर्षअघि काठमाडौंमा एउटा स्वास्नी मान्छेले अंगुरको ताजा जुस पिइरहेकी महिला नजिक पुगेर अर्की महिलाले भनेको सुनेको थिएँ– ‘अंगुरको जुस खाँदै छेस’ त्यो जूस पिइरहेकी महिलाले जवाफ दिएकी थिई– ‘अहिले दलाल आएर पैसा खोसिहाल्छ । नखाएर के गर्नु ?’
२०४६ फागुन ७ गते अरूहरूलाई पनि पक्रँदै र अरू ठाउँ पहिले थुनामा रहेकाहरूलाई पनि त्यहाँ ट्राफिक पुलिस अफिसमा पुर्याइयो । रात परिसकेपछि बल्ल एउटा खुला लहरीमा टनाटन हामीहरूलाई राखियो र पुलिसलाई पनि त्यसमा चढाइयो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply