तरहराबाट स्थानान्तर
एक दिन मलाई एक्लै पुलिस भ्यानमा तरहराबाट धरानको बसस्ट्यान्ड नजिक रहेको प्रहरी कार्यालयमा लगियो । थुनामा राखिनुभएका लील सुब्बा श्रेष्ठ र कुन्ता शर्मासँग मेरो भेट भयो । उहाँहरू धरानमा पक्राउ परेको २ जना मेरो महिला हुँदा उहाँहरूलाई त्यहाँ राखिएको थियो । केही बेरपछि मलाई त्यहाँबाट प्रशिक्षण केन्द्रको कम्पाउन्डको गेटमा गाडी रोकेर राखियो । तर, केही बेरपछि फेरि मलाई तरहरा फर्काइयो । मलाई किन त्यसरी धरान लगियो र फर्काइयो । केही भनिएन । तर, मलाई लाग्दछ त्यहाँ पनि ठाउँ नभएकाले होला तरहरा नै फर्काइयो ।मलाई तरहराबाट धरान लगी फेरि तरहरा फर्काइयो । मेरो सामान पनि मेरो साथ लगिएको थिएन । तरहरा कृषि फार्मकै हलमा थियो । तरहरा कृषि फार्ममा धेरै जनाहुनुहुन्थ्यो ।
फेरि मलाई एकदिन साँझ ‘तपाईंको सामानसमेत लिएर जानुपर्छ ।’ सामानहरू देखाइदिनुस् भन्ने मैले मेरो बिछौना तन्ना, तकिया र लगाउने लुगाहरू देखाइदिएँ । मलाई त्यो साँझ पुलिस गाडीमा विराटनगरतर्फ लग्न थालियो । मैले मनमा सोचें बाबालाई सञ्चो नभएर विराटनगरतर्फ लग्न लागेकी भन्ने विचार पनि आयो । तर, जब गाडीले इटहरी, खनार, दुहबीपछि विराटनगर पनि काटेर अगाडि बढ्न थाल्यो । मलाई उत्सुकता भयो कता लग्न लागे । तर, तरहराबाट हिँडेदेखि कहीँ कतै नरोकी मलाई दक्षिण विराटनगरको मिल्स एरिया नजिकको पूवाञ्चल प्रहरी तालिम केन्द्रको गेट नजिकको पूर्वाञ्चल प्रहरी तालिमको केन्द्रको गेटभित्र लगेर दक्षिणपट्टिको केन्द्रको लेक्चर हलको सामु उतारियो । मेरा सामानहरू त्यसै लेक्चर हलसँग जोडिएको उत्तर पश्चिमपट्टिको एउटा कोठामा लगियो । मेरा सामानहरू उतारिए ।
साँझ खाना ल्याइयो । मैले खाना पुर्याउने प्रहरीलाई सोधें– ‘कहाँबाट ल्याएको उनले भने– ‘अफिसर्स मेसबाट ।’ मेरो कोठामा झुलहरू टाँग्न पनि मद्दत गरे । बगलको लेक्चर हलमा नेपाल टिभी प्रसारण भइराखेको थियो । तर, मलाई हेर्न दिइएन । मेरो कोठाको ढोका र झ्याल खुला थियो ।
एकतले घर तर जमिनभन्दा डेढ हात जति अग्लो थियो । ढोकाको एउटा बन्दुक लिएको प्रहरी तैनाथ थिए । खुला झ्याल बाहिरी चाहिँ एक जना प्रशिक्षार्थी प्रहरी लामो कठवासको लाठीका साथ ड्यूटीमा उभिएका थिए ।
मैले ट्वाइलेट जानुपर्यो भन्दा चाहिँ एक जना पेस्तोलावाला असई साथ लाग्दथे । लेक्चर हलको पूर्व कैयौं ट्वाइलेटहरुमध्ये थियो । फर्केर कोठामा पुगेपछि उनले भने– सुत्ने बेला राति झ्याल चाहिँ बन्द गर्नुहोला ।’ मैले सोचें यतिका प्रहरी नै बस्ने ठाउँ छ । प्रशिक्षण केन्द्रको मूल फाटकबाट भित्र र बाहिर रात परेपछि प्रहरीहरूले समेत निस्कन अर्डर चाहिन्छ । तरहरामा बनाइएको काम चलाउ बन्दी शिविरमा धेरै जनाको साथ थिएँ । तर, यहाँ एक्लै राखिएको छ । तरहरा कृषि फर्मको बन्दी शिविरमा सबैसँग राम्ररी परिचित पनि हुन नपाई मलाई सारिएको थियो । तरहरा बन्दी शिविरमा कृष्ण पहाडी त्यसबखत एमनेष्टी इन्टरनेसनलका काम गर्दै हुनुहुन्थ्यो । तैपनि उहाँलाई आन्दोलन सुरु नहुँदै निवारक थुनामा राखिएको थियो । अनन्तराम न्यौपाने (हाल पत्रकार) निलम शेखर अधिकारी, यिहसन समाल इत्यादि केही नामहरू सम्झन्छु ।
त्यहाँ मैले थाहा पाएँ कि नेपाली कांग्ेरसका अशोक कोइरालालाई राखिएको छ । तर, प्रशिक्षण केन्द्रको कम्पाउन्ड धेरै लामो चौडा थियो । साथै घरहरू र प्रहरी ब्यारेकहरू पनि प्रशस्त थिए । मेरो अशोक कोइरालासँग त्यहाँ बसुञ्जेल भेटघाट भएन । तरहरा बन्दी शिविरमा रहँदा विराटनगरबाट टाढा पर्दथ्यो । तर, त्यहाँ पुगेपछि मेरो पत्न्नी कुनै भेट्ने दिन नबिराई आउन थालिन् । दुई तीन बितेपछि मैले झ्याल नजिक उभ्भिने प्रशिक्षार्थी प्रहरीसँन्ग कुरा गर्न थाले ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply