महिला राष्ट्रपतिको ‘अग्निपरीक्षा’
हिन्दू धर्ममा ‘राम’ भगवानको नाम हो । राम राज्यमा कस्तो थियो न्याय आमजनतामाथि ? त्यो अहिले प्रत्यक्ष बताउन सक्ने कोही छैनन् । रामायणका कथा सुन्दा एकठाउँमा पुग्दा झस्किन्छ, दु:ख लाग्ने, आङ नै सिरिंग हुने एउटा दृश्य छ त्यो हो सीताको ‘अग्निपरीक्षा’ † रामकी धर्मपत्नी सीता, राम राज्यकी रानी पनि थिइन् । तर, राम र सीतामा फरक दु:ख भोगाइ आदिलाई हेर्दा, महिला हुनुको कारण फरक खालका थप दु:खहरू भोग्नुपर्यो सीताले । रामसँगै १४ वर्ष वनबास भोगिन् सीताले पनि, रावणको हरणमा पनि परिन् । पुरुष अहम्को सिकार पनि बनिन्, उनीमाथि न्याय भएन । महिला हुनुका कारण जंगलमा आफ्ना पेटका दुई जुम्ल्याहा सन्तान लव र कुशलाई जन्माइन्, हुर्काइन्, रामको अनुपस्थितिमा नै ।
अवश्य नै हिन्दू परम्परामा सीताको आफ्नै गरिमा छ, आफ्नै स्थान छ, सीताले गरेको संघर्ष र वीरताकै कारण पनि होला । सीतालाई धर्ती, पार्वतीको रूपमा पनि पुजिन्छ । यो आफ्नै छुट्टै कथा छ त्यता नजाऔं अहिले । सीताको आफ्नै परिचय र वीर गाथाकै कारणले मिथिलामा त्यति ठूलो सम्मान छ, मन्दिर छ । यो युगसम्म पनि सीताको नाम चम्केको छ । मिथिला मात्र होइन, नेपाल नै सीताको माइती देश पनि हो । सीतालाई समयले बिर्सने त कुरै भएन । यसपालि उनै जानकी मन्दिर वरिपरि महिला राष्ट्रपतिमाथि भएको एउटा अन्यायपूर्ण घटनाले फेरि एकपल्ट सीताले भोगेको दु:खसँगै महिला मात्रले अनाहकमा पाइरहेको दु:खका कथा–व्यथालाई फेरि एकपल्ट बिउँझाइदिएको छ । महिलामाथिको दृष्टि कति कुन ठाउँमा रहेछ देखाइदिएको छ । मधेसमा दु:ख छ, आन्दोलनले सही गति लिन सकिरहेको छैन यो आफ्नै ठाउँमा छ समस्या । महिला राष्ट्राध्यक्षमाथि जुन दुव्र्यवहार भएको छ त्यो क्षम्य घटना होइन ।
कोही महिला बिधवा हुनु उनको दोष होइन, न त पुरुष पनि विदुर हुनुमा छ दोष । तर, यही एउटा ठूलो उदाहरण भइदियो । जानकी मन्दिरमा अवश्य पनि पटक–पटक पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपस्थिति हुँदा धुमधामले स्वागत भएको थियो । तर, आज महिला राष्ट्रपतिको पहिलो उपस्थितिमा नै त्यत्रो हुलदंगा, अझ ढुंगामुढा गरी अपशब्द बोलेर दुव्र्यवहार गर्नु न मिथिला संस्कृतिकै निम्ति सुहाउँदो भयो, न त देशकै निम्ति न महिला माथि नै सभ्य सम्मान देखाउन सके । यो फेरि पनि एक सीतामाथिको अन्याय होइन र ? यो भनेको आम महिलामाथिको दुव्र्यवहार हो †
उहीबेला रामराज्यमा पनि सीताले महिला हुनुको नाताले हुनुसम्मको दु:ख भोग्नुपर्यो । यही कुरा स्मरण हुन्छ यो घटनाले । आज एक ‘बिधवाको प्रवेशले जानकी मन्दिर नै अपवित्र भयो’ भन्नु कुनै पनि हालतमा यो युगको निम्ति सुहाउने कुरा त थिएन । पछि आएर ‘कुकुर पनि पसेको भएर अपवित्र भएकाले गंगाजलले पवित्र बानाएको कुरा पनि सुनियो, केही पछि अरू नै कुरा थप्दै र सुधार्ने प्रयत्न पनि होला । तर , जे जस्तो घटना भयो, राष्ट्रपतिको अस्वागत र अपमानको घटना, गणतन्त्र नेपालको निम्ति अत्यन्त अशोभनीय घटना हो ।
महिलाको निम्ति भने फेरि एकपल्ट सार्वजनिक रूपमा ‘अग्निपरीक्षा’ थियो यो । यस्ता परीक्षाहरू धेरैले आफ्नो क्षेत्रबाट दिनुपरेको कथा–व्यथा आ–आफ्नै ठाउँमा होलान्, कति ठाउँमा पुरुष भएरै पनि परीक्षा दिनुपरेको पनि होला । यो घटनालाई निष्पक्ष भएर हेर्दा पनि लाग्छ किन महिलालाई नै यी आक्षेप र अन्याय ? यो बुझ्नुपर्ने एउटा प्रश्न हो यो † अझै महिलाप्रति हेर्ने कति साँघुरो छ कति निम्न छ !
घाम जस्तै स्पष्ट भएको कुरा हो पूर्वराष्ट्रपति पनि एक बिदुर एक्लो पुरुष हुन्, एक्लै नै कुनै पनि मन्दिर जाँदा यस्तो अपमान त कहिल्यै खप्नुपरेन । महिला राष्ट्पति एक्लो महिला हुनुको परिणाम यस्तो अपमानित र आक्रोश † यहाँनिर स्पष्ट हुन्छ महिला र पुरुष हुनुको फरक । एक महिला राष्ट्रको प्रमुख पदमा पुगिसक्दा पनि हेर्ने दृष्टिमा संस्कारमा खोइ सम्मान ?
अब बल्लतल्ल देशमा महिलाको स्थान मान्यतामा करैले पनि केही सुधारात्मक परिवर्तन त भएकै हो । महिला राष्ट्रपति हुनु देशकै निम्ति एउटा ऐतिहासिक फड्को थियो । नारी शक्तिको विजय थियो । घर–घरका महिलाहरूमा समेत मनोबल बढिरहेको बेलामा आज महिला राष्ट्र प्रमुखमाथि पनि यस्तो दुव्र्यवहार हुन्छ भने महिलाले आफ्नो गन्तव्यमा पुग्न त अझै धेरै परिश्रम गर्नु जरुरी छ । एकातिर नयाँ राष्ट्रपतिको निम्ति ठूलो चुनौती त छँदै थियो । नयाँ काम कुरा कसरी अगाडि बढाउने, सन्तुलित र सौम्यढंगले.. यो आफ्नै ठाउँमा छ । असल कुशल सल्लाहकारको खाँचो पनि छ । कस्तो परिस्थितिमा कसरी प्रवेश गर्ने थप चनाखो पनको जरुरी पनि छ ।
राष्ट्रपति भवनमा पहिलेको दाँजोमा सुरक्षाको व्यवस्था कडा भएको महसुस हुन्छ । यो मात्र तरिका होइन । विद्वान विदुषिहरूको सल्लाह लिने बटुल्ने बेला पनि हो र यो चुनौतीपूर्ण स्थितिमा कसरी सहज ढंगले देशलाई एउटा उदाहरणीय प्रस्तुति दिने यो सोच्नुपर्ने अवस्था पनि हो † जसरी जानकी मन्दिरमा भएको अपमानित व्यवहारलाई कुनै पनि महिलामाथिको अपमान हो भन्न सकिन्छ, त्यस्तै महिला राष्ट्रपति आजको निम्ति सम्पूर्ण महिलाको निम्ति गर्व पनि हो । अवश्य नै राष्ट्रपति विद्यादेवी भण्डारी एक प्रतिनिधि पात्र पनि हुन्, सबैका आँखा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा त्यहाँ पर्नु स्वाभाविक नै छ । त्यसैले पनि ज्यादा होस पुर्याएर नै पाइला चाल्नुपर्ने अबस्था पनि छ । यो देखिएको चुनौतीमा ध्यान दिँदै महिलाको निम्ति अझै धेरै सुधार र सकारात्मक कर्म अगाडि बढाउनुपर्ने बेला पनि हो यो । यो महिला राष्ट्रपतिले बेहोर्नुपरेको अग्निपरीक्षाले पुन: एकपल्ट महिलाहरू सजग हुनुपर्ने कुरा नै मूल पाठ भएको छ । अझै सकिएको छैन परीक्षाका घडी महिला पात्रका निम्ति । अवश्य नै आज यो सम्पूर्ण आकाशकै निम्ति पनि एक विशेष विषय बन्न पुग्यो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply