सधैभरी मानवीय सेवामा श्री एयर
दुई वर्षअघि सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोका कारण बिचल्ली बनेका तीर्थयात्रीहरूलाई काठमाडौं ल्याउनमा विभिन्न कम्पनीका हेलिकोप्टरले हप्तौंसम्म दैनिक २३ वटासम्म उडान भरे । ती तीर्थयात्री तिब्बतको ल्हासा, मानसरोवरलगायतका स्थान भ्रमण गरेर फर्किएका थिए ।
अहिले ती तीर्थयात्रीको रुट फेरिएको छ । गत वर्षको महाभूकम्पका कारण सिन्धुपाल्चोकको तातेपानी बस सेवा प्रभावित भएपछि मानसरोवर तीर्थयात्रामा जानेहरू अहिले नेपालगन्ज–हुम्ला सिमीकोट–हिल्सा (नेपाल र तिब्बतको सीमा) रुट प्रयोग गरेका छन् । अहिले निजी कम्पनीका हेलिकोप्टरको काम मानसरोवरमा फसेका ती तीर्थयात्रीलाई सकुशल नेपाल ल्याउनमा भ्याइनभ्याई छ । यस काममा सबैभन्दा बढी श्री एयरलाइन्स जुटेको छ । स्थापनाकालदेखि हिमाली पर्यटकहरूको उद्धार, बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारजस्ता मानवीय सेवामा समर्पित श्री एयरलाइन्स अहिले आफ्ना दुईवटा हेलिकोप्टरमार्फत मानसरोवरमा फसेका पर्यटकको उद्धारमा जुटेको छ । २४ सिट क्षमताको एमआई १७ र ६ सिट क्षमताको एएस बी३ई नामक दुई हेलिकोप्टरमध्ये सानो हेलिकोप्टरले सिमीकोट–नेपालगन्ज र ठूलोले हिल्सा–सिमीकोट उडान भरेर तीर्थयात्रीहरूको उद्धार गरिरहेका छन् । मौसम अनुकूल भएको अवस्थामा सानोले दैनिक १२ वटासम्म र ठूलोले दैनिक तीनवटासम्म उडान भर्ने गरेका छन् । नेपालगन्जबाट इन्धन बोकेर भए पनि तीर्थयात्रीहरूको उद्धारमा अहोरात्र खटिए पनि केही भारतीय सञ्चारमाध्यमले नेपालले भारतीय यात्रुको उद्धारमा चासो नदेखाएको भन्दै गलत समाचार प्रसारण गरेका छन् ।
श्रीसागै सिम्रिक, मनाङ, तारा, गोमा, डाइनेस्टिकलगायतका हेलिकोप्टर कम्पनीले पनि ६ सिटे आफ्ना साना जहाजमार्फत तीर्थयात्रुलाई नेपालगन्जसम्म ल्याउन जुटिरहेका छन् । यी हेलिकोप्टर कम्पनीले देखाएको सक्रियता, समन्वयकारी भूमिका र मिजासिलो व्यवहारले पनि नेपालमा निजी हेलिकोप्टरप्रति आकर्षण बढ्दो छ ।
प्राकृतिक विपत्तिमा हुने प्रयोग त आफ्नै ठाउामा छ, व्यक्तिका चाहनाले पनि हैसियतअनुसार हेलिकोप्टर प्रयोगको मात्रालाई बढाएको छ । आर्थिक रूपमा सम्पन्न छ भने समाजलाई देखाउनकै लागि ‘सान’का रूपमा हेलिकोप्टरको प्रयोग गर्नेको संख्या पनि धेरै रहेको पाइन्छ । खासगरी भारतीय धार्मिक पर्यटकहरूको यस्तो संख्या ठूलो छ । तर, नेपालले ती पर्यटकहरूलाई समाउन सकेको छैन । मानसरोवर आउने पर्यटकलाई मुक्तिनाथ, पशुपतिनाथ, हलेसीलगायतका तीर्थस्थलसम्म पुर्याउने वातावरण नेपाल सरकारले पैदा गर्न सकेको छैन । यो सिजनमा तीन वर्षअघिसम्म पनि २४ सिटे हेलिकोप्टरेले दिनको तीनवटासम्म उडान ६ महिनासम्म मुक्तिनाथका लागि भर्थे । दैकि तीन उडानले १ सय ४४ जना यात्रु बोक्थे । महिनामा २६ दिन उडान भर्दा मात्र पनि ३ हजार ७ सय ४४ जना हेलिकोप्टरमार्फत मुक्तिनाथ जान्थे । यसरी एक सिजनमा हेलिकोप्टर प्रयोग गरेर मुक्तिनाथ जानेको संख्या ६७ हजार ४ सय हुन्थ्यो । तर, अहिले अवस्था त्यो छैन । मुक्तिनाथमा रहेको मन्दिरनजिकैको हेलिप्याड सञ्चालनमा रोक लगाएपछि हेलिकोप्टरबाट त्यहाा जाने तीर्थयात्रीको संख्या स्वात्तसुत्त घटेको छ । पैसा भएर जान खोज्नेले पनि हेलिकोप्टर प्रयोग गर्न पाएका छैनन् । जसका कारण करोडौं राजस्व सरकारले गुमाइरहेको छ ।
मुक्तिनाथमा अहिले पनि हेलिकोप्टरले उडान त भर्छन्, तर तलको हेलिप्याड प्रयोग गरेर । त्यहााबाट मन्दिरसम्म जाने निकै पैदल हिाड्नुपर्ने भएका कारण धेरै संख्या घटेको छ भने अर्कातिर एकैदिन गएर फर्कन चाहनेका लागि पनि त्यसबाट सम्भव नहुने भएपछि मुक्तिनाथ जाने तीर्थयात्रुमा निकै कमी आएको बुझिएको छ । कार चढ्न सक्नेलाई पनि रिक्सा चढ भनेजस्तो व्यवहार गर्दा त्यसको घाटा सरकारले नै बेहोर्नुपरेको छ । खर्च गर्न सक्ने पर्यटकलाई पनि सरकारले खर्च गराउन सकेको छैन ।
यद्यपि, नेपालजस्तो पहाडी भौगोलिक अवस्थाका कारण पनि हेलिकोप्टरको प्रयोग बढी हुने गरेको छ । भौगोलिक रूपमा विकटताको पाटो एकातिर हुनु, अर्कातिर ती स्थानमा राम्रो उपचारका लागि स्वास्थ्य केन्द्रहरू नहुनुले पनि बिरामी ओसारपसारमा पनि धेरैले हेलिकोप्टर नै प्रयोग गर्ने गरेका छन् ।
त्यसबाहेक नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउने पर्यटकका कारण पनि यसको प्रयोग हुने गरेको छ । हिमाली क्षेत्रमा जाने पर्यटक ‘हाई अल्टिच्युड’का कारण बिरामी हुने गरेका थुप्रै दृष्टान्त छन् । तर, उनीहरू ‘उद्धारका लागि हेलिकोप्टर छ’ भन्ने भएपछि ढुक्कसाग घुमघाममा निस्कने गरेको हेलिकोप्टर व्यवसायीहरू बताउाछन् ।
बढ्दो सम्भावना
नेपालमा यो क्षेत्रमा करिब ६ अर्बको लगानी रहेको छ । हाइड्रोमा लगानी भयो र जलविद्युत् केन्द्रहरू धमाधम निर्माण हुन थाले भने हेलिकोप्टरको बजार फस्टाउने व्यवसायीहरू बताउाछन् । अहिलेको बजार प्राकृतिक विपत्तिलाई अलग राख्ने हो भने पर्यटकले मात्र धानिदिएको छ । खासगरी, प्राकृतिक सौन्दर्य हेर्ने, खासा, तिब्बत–मानसरोवर जाने धार्मिक पर्यटक ओसार्ने, पर्यटक ‘रेस्क्यु’ गर्ने कामले नै बजार धानिएको छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply