प्रज्ञाका कर्मचारीले मनाए तीज
काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाहरूको महान् पर्वका रूपमा परापूर्वकालदेखि मनाइँदै आएको हरितालिका तीज अहिले सबै धर्म–संस्कृतिमा आस्था राख्ने महिलाहरूले उत्तिकै धुमधामसँग मनाउन थालेका छन् । विशेष गरी सहरबजारमा तीज आउनु एक महिनाअधिदेखि नै सामूहिक रूपमा मीठा–मीठा परिकार खाएर तीज मनाउने गरिन्छ । विभिन्न सङ्घ–संस्थाका साथै सरकारी निकायहरूले समेत विशेष महŒवका साथ तीज मनाउने गरेका छन् ।
यसै सिलसिलामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत माओवादीनिकट कर्मचारीहरूको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनले एक कार्यक्रमको आयोजना गरी हरितालिका तीज मनाएको छ । उक्त अवसरमा बोल्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तीज नेपाली जातिको मौलिक र विशिष्ट चाड भएको धारणा राखे । उनले भने– ‘तीज समाजमा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने सद्भाव पर्व पनि हो ।’
प्राज्ञ नर्मदेश्वरी सत्यालले तीजका नाममा अहिले संस्कृतिभन्दा विकृति फैलिइरहेको उल्लेख गर्दै भनिन्– ‘यसका सकारात्मक पक्षलाई शिरोधार्य गर्दै नकारात्मक पक्षलाई त्याग्न जरुरी छ ।’
संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, माओवादी केन्द्रका नेता छविन्द्रलाल कँडेल, संगठनका पूर्वसचिव लोकेन्द्रबहादुर याक्खा, हास्यकलाकार शैलेन्द्र सिम्खडा, तामाङ संस्कृतिकर्मी गोपी लामा, प्रजातान्त्रिक कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष सुरेन्द्र्रकाजी सिन्दुराकारलगायतले बोलेका थिए । उक्त अवसरमा प्रतिष्ठानका चालक जितबहादुर खड्का ‘गोपाल’को लोकगीति एल्बम ‘शैलुङपारि हिमाल’को विमोचन गरिएको थियो ।
कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ परिषद् सदस्यहरू दिनेशराज पन्त, उषा ठाकुर, अमर गिरी, मातृका पोखेरल, ज्ञानु पाण्डेका साथै प्राज्ञ सभा सदस्यहरूको उपस्थिति थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply