‘प्रचण्डजी ! देउवा रोज्ने कि एमाले ?’
काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनमा अल्झिने पक्षमा आफू नरहेको बताएका छन् ।
युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तक्र्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल संशोधनमा नाममा भएको षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । ‘प्रतिगामीहरूले संविधान असफल बनाउने षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘प्रचण्डजी देउवा र मधेसी मोर्चाजस्ता पश्चगामीलाई रोज्नुहुन्छ कि एमालेजस्तो अग्रगामीलाई, निर्णय गर्ने बेला आएको छ ।’
भट्टराईले माओवादीको का“धमा बन्दुक राखेर प्राप्त उपलब्धि नष्ट पार्ने योजना विभिन्न शक्तिकेन्द्रहरूले बताएको बताए । संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषयहरू समावेश गर्न खोजिएको भन्दै उनले त्यसको साक्षी एमाले नबन्ने स्पष्ट अडान लिए । ‘एमालेका एकजना पनि सांसद संसद्मा भएसम्म पनि हस्ताक्षर गर्दैनौं,’ उनले भने ।
भट्टराईले संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरू आएको बताउ“दै शासकीय र निर्वाचन प्रणालीका त्रुटिहरू सच्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले अहिलेको सरकारले चीनविरोधी क्रियाकलाप खुलमखुला गरेको भन्दै आलोचना गरे । ‘शेरबहादुरजीले दलाई लामाका प्रतिनिधिलाई भेटेर छिमेकीलाई चिढ्याउने काम गरेका छन्,’ उनले भने ।
युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा संघले सशक्त खबरदारी कार्यक्रम गर्ने जानकारी दिए । युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले मुलुकलाई हानि विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवाहरूलाई अपिल गरे ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply