चुनावको मुखमा एमाले नेता स्कुलमा
काठमाडौं । स्थानीय तहको निर्वाचनको संघारमा एमाले केन्द्रीय स्कुल विभागले पार्टी नेताहरूका लागि प्रशिक्षण सुरु गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय, च्यासलमा मंगलबारबाट सुरु भएको तिनदिने स्कुल प्रशिक्षणमा केन्द्रीय तहका नेताहरू सहभागी छन् । प्रशिक्षणमा एमालेको ३१ वटा केन्द्रीय विभागमध्ये २८ विभागका सचिव, वैकल्पिक केन्द्रीय सदस्यसहित ४३ जना सहभागी छन् । अघिल्लामा छुटेका केहीलाई समेत चालू प्रशिक्षणमा सहभागी गराइएको बताइएको छ । केन्द्रीय सदस्य तथा विभागका सचिव ईश्वरी रिजालले तिनदिने प्रशिक्षण बन्द प्रशिक्षणका रूपमा अन्तक्र्रियात्मक हुने बताए ।
पार्टी नीति, इतिहास, कूटनीति, माक्र्सवादी अर्थशास्त्र, दर्शनलगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षित गरिने स्कुल विभागले जनाएको छ । विभागले आठ महिनायता पार्टी केन्द्रीय कमिटीका वैकल्पिक सदस्य, जनसंगठनका पदाधिकारी र सचिवालय सदस्य, केन्द्रीय सम्पर्क समन्वय कमिटीका पदाधिकारी र सदस्यहरूलाई लगातार प्रशिक्षक प्रशिक्षण दिइसकेको छ । प्रशिक्षणका क्रममा करिब ४ सयजनाभन्दा बढी दीक्षित भइसकेकको जनाइएको छ । प्रशिक्षण धेरै महŒवपूर्ण हुने भएकाले चुनावी तयारीको चटारोबीच पनि पार्टी नेताहरूका लागि प्रशिक्षण चलाएको बताइएको छ । सहभागीहरूलाई अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूले दीक्षित गर्दै आएका छन् ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply