दुई महानगरमा माओवादी पत्तासाफ
काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न गरिएका चार महानगरपालिकामध्ये दुई महानगरमा माओवादी केन्द्रको प्रतिनिधित्व शून्य भएको छ ।
काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका सर्वोत्तम डंगोलको जमानतसमेत जफत भएको छ । डंगोलले महानगरमा खसेको मतको १० प्रतिशत मत नपाएपछि उनको जमानत जफत भएको हो । निर्वाचन परिणाम आइसकेका तीन महानगरमध्ये सबैभन्दा धेरै मत रहेको काठमाडौं महानगर र पोखरा लेखनाथ महानगर प्रमुखमा नेकपा (एमाले) ले विजय प्राप्त गरेको छ भने ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका २५ उम्मेदवारमध्ये माओवादी केन्द्रका डंगोल विवेकशील नेपालीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाभन्दा पनि पछि परे ।
निर्वाचन ऐनअनुसार कुल खसेको मतको १० प्रतिशत मत ल्याउने उम्मेदवारले आफ्नो जमानत जोगाउन सक्छ । तर, काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका राजुराज जोशी र विवेकशील नेपाली दलकी रञ्जु दर्शना न्यौपानेले मात्र आफ्नो जमानत बचाए । काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । जमानत बचाउने उम्मेदवारले त्यसको १० प्रतिशत १९ हजार ७ सय २२ मत ल्याउनुपर्दथ्यो । तर, नेकपा माओवादी केन्द्रका उम्मेदवार डंगोलले ७ हजार ९ सय ६ मत मात्र ल्याएका छन् । त्यसैगरी, नयाँ शक्तिका पवित्र बज्राचार्यले ६ हजार ५० मत मात्र ल्याए ।
नेपाल मजदुर किसान पार्टी, माले, फोरम लोकतान्त्रिकको पनि जमानत जफत भएको छ । मेयर पदमा पार्टीबाट सवैभन्दा कम ल्याउने उम्मेदवार चुरेभावर राष्ट्रिय एकता पार्टीका विदुर प्रसाद घिमिरेले १४ मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका विनोदकुमार क्षत्रीले सबैभन्दा कम ५ र भगवान् गिरीले एक मत ल्याएका छन् । साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले १८,४९६ मत ल्याए ।
उता, पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडामा पनि माओवादी केन्द्रले एक पदमा पनि विजय हासिल गर्न सकेन । नेपाली कांग्रेससँग तालमेल गरे पनि केन्द्रका उम्मेदवारले जित्न नसकेपछि कांग्रेसले मत नदिएर घात गरेको आरोप लागेको छ । पोखरा लेखनाथमा ३३ वडामध्ये ११ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अरू सबैमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले जित हासिल गरेका केही वडामा पनि नेकपा (एमाले) का सदस्यहरू विजयी भएका छन् । ललितपुर महानगरमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी संख्या अति कम छ । केही वडामा मात्र विजय प्राप्त गरेको माओवादी केन्द्रले भरतपुर नगरपालिका पनि आशातीत उम्मेदवारलाई विजयी गराउन सकेन ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply