६ वटै प्रदेशका जनप्रतिनिधि पढाउँदै एमाले
काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित ६ वटै प्रदेशका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । केन्द्रीय सचिवालयले गत मंगलबार र बुधबारबाट पार्टी नेतृत्व र विषय विज्ञमार्फत महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको हो । प्रदेश नम्बर ५ को गतसाता नेपालगन्जमा सञ्चालित प्रशिक्षणको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरे । प्रदेश नम्बर ७ मा भने गत ७ र ८ गते सकिएको छ । प्रदेश नम्बर १ मा आगामी २१ र २२ गते, प्रदेश नम्बर ३ र ४ मा २७ र २८ गते तथा प्रदेश नम्बर ६ मा २९ र ३० गते प्रशिक्षण सञ्चालन गर्ने एमालेको तालिका छ ।
नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिकका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, पार्टी जिल्ला अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू, पार्टीका जिल्ला इन्चार्ज र सांसदहरू सहभागी छन् ।
सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार जनप्रतिनिधिहरूलाई स्थानीय तहको अधिकार क्षेत्र, त्यससँग सम्बन्धित कानुन र निर्देशिका, बजेट परिचालन र विकास, पार्टी र जनप्रतिनिधिबीचका सम्बन्धलगायतका विषयमा केन्द्रित रहेर दुई दिन प्रशिक्षण दिइनेछ । निर्वाचनका बेला पार्टीले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयनका लागि प्रशिक्षण चलाइएको उनले जानकारी दिए ।
नौ विषयमा पाठ्यक्रम बनाउँदै
एमालेको केन्द्रीय स्कुल विभागले स्थानीय जनप्रतिनिधिका लागि छुट्टै प्रशिक्षण चलाउन विषय विज्ञसमेत संलग्न गराएर नौवटा विषयमा धमाधम पाठ्यक्रम तयार गरिरहेको छ । केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालका अनुसार स्थानीय अर्थतन्त्रको विकास, प्रदेश परिचय, स्थानीय बजेट निर्माण र परिचालन, स्थानीय सरकारको अधिकार र कामको क्षेत्र, स्थानीय तहका ऐन कानुन, अधिकार र सीमाहरूका विषयमा धमाधम पाठ्यक्रम बनिरहेका छन् । त्यस्तै, स्थानीय तहमा नेतृत्व विकास, जबज ः आर्थिक विकास र समृद्धि, जवज र आर्थिक–सामाजिक रूपान्तरणको ढाँचा, माक्र्सवादी दर्शन र सामाजिक रूपान्तरण तथा विगतका निर्वाचनको अनुभव र आगामी निर्वाचन तयारीबारे जनप्रतिनिधिका लागि पाठ्यक्रम बनिरहेको छ । ग्रामीण अर्थतन्त्र, पुँजी परिचालन, स्थानीय तहमा रोजगारीको सिर्जना, तीनखम्बे अर्थतन्त्रको नीति र प्रयोगलगायतका शीर्षकमा भने जनप्रतिनिधिहरूलाई विषय विज्ञहरूमार्फत प्रशिक्षण दिने एमालेको तयारी छ ।
२ नम्बर प्रदेशमा छुट्टै प्रशिक्षण
एमालेको स्कुल विभागले २ असोजको निर्वाचनलाई लक्षित गर्दै शुक्रबारबाट २ नम्बर प्रदेश केन्द्रित प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । तराई–मधेसको समस्या र निर्वाचन तयारीलगायतका पाँचवटा विषयमा प्रदेश र जिल्ला कमिटीसँगको समन्वयमा २ नम्बर प्रदेशमा धमाधम प्रशिक्षण चलाइने रिजालले बताए ।
एमाले नेताहरू भीमबहादुर रावल, युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, वेदुराम भुसाल, ईश्वरी रिजाल, गोपीमरण उपाध्याय, विषय विज्ञहरू डा. सुमित्रा अमात्य, डा. युवराज खतिवडा, डा. गोविन्द नेपाल, डा. गोविन्दबहादुर थापालगायत करिब दुई दर्जन जतिले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेछन् ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply