मेगा बैंकको मुनाफा बढ्यो
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले ह्वात्तै नाफा बढाएको छ । बैंकका अनुसार पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खुद मुनाफा गरेको मेगाले पुस मसान्तसम्म ३९ करोड ३६ लाख रूपैयाँ कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।
दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रूपैयाँले वृद्धि भएको छ भने कुल कर्जा ५ अर्ब ४८ करोड रूपैयाँले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुवैमा बैंकको वृद्धि १ अर्बभन्दा कम रहेको थियो । बैंकको निष्क्रिय कर्जा पनि घटेर १ प्रतिशतभन्दा कम रहेको छ । ६५ प्रतिशतको हकप्रद सेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिसेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरे पनि खुद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति सेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।
टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरूमा थप सुधार हुने देखिएको छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply