संसद्मै हुने मनपरीको आवाजचाहिँ कहाँ उठाउने ?
काठमाडौं । हैसियत नै नभएको व्यक्तिलाई फुक्त टिपेर कुनै ठूलो ओहदामा पु¥याइयो भने उसले त्यो ओहदाको स्तरलाई कतिसम्म गिराउँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण अहिले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देखाएको नाङ्गो चर्तिकलाबाट प्रस्ट हुन्छ । राजकीय जिम्मेवारीका नाममा जम्माजम्मी ०५४ सालमा जिल्ला विकास सभापति भएका तिमिल्सिना त्यसयता एकपटक पनि जनताबाट निर्वाचित भएका छैनन् । तर, गुटको फेर समाएकै भरमा एकैचोटि राष्ट्रिय सभाको अध्यक्षजस्तो गरिमामय पदमा पुगेका उनका लागि त्यो पद ‘नपाउनेले केरा पायो बोक्रासहित खायो’ भनेजस्तै भएको छ ।
बाहिर–बाहिर क्रान्ति र समाजवादका जति चर्का कुरा गरे पनि साँचो आफ्नो हातमा भएपछि राज्यको ढुकुटी रित्याउन उनी कतिसम्म गिर्दा रहेछ भन्ने कुरा सिंहरदरबारभित्र रहेको संसद् सचिवालयको २ नम्बर भवनमा पुग्ने जोकोहिले पनि छर्लङ्ग देख्न सक्छन् । सचिवालयको भवन नम्बर २ को तेस्रोे तल्लामा भइरहेकोे उनको कार्यकक्ष १ करोड ८५ लाख ४२ हजार ८ सय ९४ रूपैयाँ खर्च गरेर पहिलो तलामा झारिएको छ । पहिलो तलामा रहेको अध्यक्षलगायत पदाधिकारीका लागि स्तरीय फर्निचर राख्न १४ लाख ४६ हजारभन्दा बढी रकम खर्च गरिएको छ भने राष्ट्रिय सभाअन्र्तगतका समितिका सभापतिहरूको फर्निचरका लागि मात्र झन्डै १० लाख खर्च गर्ने गरि काम धमाधम भइरहेको छ । अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष, सचिव तथा समितिका सभापतिलगायतका कार्यकक्षका लागि एयर कन्डिसन, एसी, सिलिङ एसी आदिका लागि २४ लाख ५० हजार खर्च गरिएको छ ।
रमाइलो पक्ष त के छ भने, अहिले सचिवालयसँग यी सबै कामका लागि कुनै शीर्षकको कुनै बजेट नै छैन भने अर्कातिर यो कामका लागि कुनै टेन्डर नै आव्हान नगरि धमाधम काम गरिएको छ । अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीको कार्यकक्षमा आधुनिक सोफा, पर्दा, कार्पेट, टेबल तथा दराज सजाइएको छ भने होम डेकोरबाट ल्याइएका फर्निचर सजाइएका छन् । अध्यक्षसहितको सातवटा कोठाका लागि १० लाखबराबरको फल्स सिलिङ, ५ लाखको शौचालय निर्माण, वाइरिङका लागि १३ लाख, स्तरीय पर्दा कार्पेटका लागि १० लाख, स्तरीय फर्निचरका लागि साढे १४ लाख, एयर कन्डिसनलगायतका काम गर्न साढे २४ लाखलगायतका शीर्षक छुट्ट्याएर सो रकमको खर्च गरिएको छ । लिफ्टसमेत राख्न ५० लाख छुट्ट्याइएको भए पनि सोसम्बन्धी काम भने अहिले भएको छैन ।
संसद्का कर्मचारी भन्छन्, ‘जोकसैले गरेका आर्थिक हिनामिना र अपारदर्शिताबारे आवाज उठाउने थलो हो संसद् । तर, संसदले नै गरेको यो मनपरिबारे कहाँ, कसले आवाज उठाउने ?’
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply