लुम्बिनीको पर्खालमा मन्त्रीको नजर
काठमाडांै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुनै अध्ययन नै नगरी र बिनाइस्टिमेट लुम्बिनी गुरुयोजनावरिपरि पर्खाल लगाउन दिने निर्णयमा सही धस्काएका छन् । मन्त्री अधिकारीको निर्णयपछि अहिले लुम्बिनी क्षेत्रमा त्यसको तीव्र विरोध हुन थालेको छ ।
केही दिनअघि मन्त्री अधिकारीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको बैठकले लुम्बिनी गुरुयोजना वरिपरि ६ फिट अग्लो सुरक्षा पर्खाल लगाउन लुम्बिनीकै एक संस्थालाई जिम्मा दिइएको थियो । करिब १६ किलोमिटर लामो सुरक्षा पर्खाल लगाउन बोधी टिभी नामक संस्थालाई जिम्मा दिइएको हो । उक्त पर्खालको माथिल्लो भागमा भने चीनको ग्रेटवालजस्तै मानिसहरू हिँड्न मिल्ने बाटो बनाउने पनि टुंगो लागेको छ ।
लुम्बिनी क्षेत्रमा टेलिभिजन च्यानल सञ्चालन गर्ने अनुमति लिएको बोधी टिभीले उक्त पर्खाल निर्माणको जिम्मा पाएको हो । सो संस्थाले भिक्षुमैत्री महास्थवीरको निवासमा कोठा लिएर टेलिभिजन चलाउँदै आइरहेको छ । तर, उक्त टेलिभिजन संस्थाले लुम्बिनी गुरुयोजनावरिपरि पर्खाल लगाउने जिम्मा पाउन पाँच वर्षदेखि प्रयास गर्दै आइरहेको थियो । तर, लामो समयदेखि पर्खाल निर्माणको जिम्मा लिने प्रयत्न गरे पनि सो संस्थाले अर्बौंको काम गर्न नसक्ने देखेपछि उक्त संस्थालाई पर्खाल निर्माणको जिम्मा दिइरहेको थिएन । तर, मन्त्री अधिकारी भने संस्थाका सञ्चालकहरूको प्रभावमा परेर सो संस्थालाई निर्माणको जिम्मा दिन सहमत भएका हुन् ।
त्यसो त लुम्बिनी गुरुयोजना वरिपरि पर्खाल लगाउन दिने निर्णय भने युनेस्कोको मान्यताविपरीत रहेको छ । लुम्बिनी विश्व सम्पदा सूचीमा परेको हुँदा सो सूचीमा परेका सम्पदाहरूमा कुनै भौतिक पूर्वाधार निर्माण गर्न युनेस्कोको अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ । तर, लुम्बिनी गुरुयोजनावरिपरि पर्खाल लगाउने विषयमा युनेस्कोसँग कुनै अनुमति लिइएको छैन ।
लुम्बिनी गुरुयोजना वरिपरि पर्खाल लगाउने अनुमति बोधी टिभीले पाएपछि उक्त संस्थाको हैसियत त्यस्तो नरहेको बताइन्छ । १६ किलोमिटर पर्खाल लगाउन अर्बौं रकम लाग्ने भएको हुँदा त्यति धेरै रकम कोषले तत्काल जुटाउन सक्ने अवस्था नरहेको बताइन्छ । तर, कोषका पदाधिकारीहरूको सोही पर्खाल निर्माणको योजना देखाएर विदेशीहरूसँग पैसा धुत्ने चालबाजी रहेको पनि कतिपयले आशंका गरेका छन् । कोषले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने २–४ करोडको काम दसौं वर्षसम्म पनि पूरा हुन नसकिरहेको अवस्था सो पर्खाल निर्माणको काम अघि बढ्ने आशंका देखिएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply