लालीगुराँसले नयाँ क्षेत्रमा लगानी बढाउने
काठमाडौं । ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ क्षेत्रमा लगानी गर्ने भएको छ । संस्थाको २०औं वार्षिकोत्सवको अवसर पारेर प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आगामी वर्षमा थप नयाँ योजना अघि बढाउँदै लैजाने बताए ।
संस्थाले बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छीखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ काठमाडौं, नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि र कलेज, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावरमा लगानी गरेको छ ।
त्यस्तै, डेरी परियोजनातर्फ चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य विभिन्न संघसंस्था तथा कम्पनीमा लगानी गरेको संस्थाले जनाएको छ ।
संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटल प्रालिले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको भण्डारीले जानकारी दिए ।
संस्थाको ललितपुरको चापागाउँ, काठमाडौंको चावहिल र भक्तपुरको कौशलटार गरी तीन स्थानमा सदस्य सुविधा काउन्टर रहेको छ । ३ सय जनालाई संस्थाले रोजगारी दिएकोे छ । प्रमुख कार्यकारी निर्देशक भण्डारीले हाल तीन स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई वृद्धि गरी विभिन्न जिल्ला र राजधानीको अन्य केही स्थानमा पु¥याउने तयारी भइरहेको जानकारी दिए ।
टिस्टुङ महोत्सव सफल पार्न सबै जुटे
टिस्टुङ (बज्रबाराही) । मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित टिस्टुङ (बज्रवाराही) मा सञ्चालन हुने टिष्टुङ महोत्सव–२०७५ लाई छिमेकी गाउँपालिकाको समेत सहयोग र साथ हुने भएको छ ।
थाहा नगरपालिकाका सबै वडाहरूले महोत्सव सम्पन्न गर्नका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । छिमेकी इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले टिस्टुङ महोत्सवका लागि पर्याप्त सहयोग गर्ने र सो महोत्सव उत्तरी मकवानपुरकै आकर्षण भएको भन्दै टिस्टुङ महोत्सव सफल पार्न उत्तरी क्षेत्रका सबै जनप्रतिनीधि लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
शुक्रबार महोत्सव आयोजक समितिका अध्यक्ष इन्द्र श्रेष्ठसँग भएको भेटमा यही असोज २४ देखि २७ गतेसम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवलाई सामूहिकताका साथ सफल पार्न इन्द्रसरोवर गाउँपालिकाको कार्यालय तथा पाँचवटै वडा कार्यालयहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महोत्सव मूल आयोजक समितिले शुक्रबार थाहा नगरपालिकाको वडा नं. ९ र १० तथा इन्द्रसरोवर गाउँपालिकाको १ देखि ५ नम्बर सम्मका वडा अध्यक्षहरूसँग समेत छलफल गरेको हो । छलफलमा इन्द्रसरोवरले महोत्सव सफलताको साथ सञ्चालन गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले प्रतिबद्धता व्यक्त गरे ।
इन्द्रसरोवर गाउँपालिकाले आफ्नो गाउँपालिकावासीको अर्थपूर्ण सहभागिता र आर्थिक रूपले समेत सकेको सहयोग गर्ने अध्यक्ष लामाको प्रतिबद्धता रहेको थियो । महोत्सव मूल आयोजक समितिको तर्फबाट संयोजक इन्द्रबहादुर श्रेष्ठले स्थानीय तहहरूका वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षलाई महोत्सवको प्रस्तावना पत्र पेस गरेका थिए । छलफलमा महोत्सव मूल आयोजक समिति सचिवालयका सदस्य मेघराज बलामी, विष्णु गोपालीलगायतकाको सहभागिता थियो भने इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा ब्लोनलगायत वडाध्यक्षहरूको सहभागिता रहेको थियो । अधिकांश प्रवद्र्धनात्मक स्टलहरू रहने उक्त टिस्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरू बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने सो महोत्सवका लागि अहिले तीव्र तयारी चलिरहेको छ । महोत्सवका सन्दर्भमा सहर बजार सरसफाइ तथा स्वागतद्वार निर्माण कार्यले गति लिइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply