कात्तिक १० मा नेकपाको बृहत् चियापान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी १० कात्तिकमा बृहत् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
विजयादशमी, शुभदीपावली, छठ तथा नेपाल संवत्लगायतका राष्ट्रिय पर्वहरूका अवसरमा नेकपाले बृहत् चियापान कार्यक्रम आयोजना गर्न लागेको हो । तत्कालीन एमालेमा प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालपछि पूर्णिमाको भोलिपल्ट चियापान कार्यक्रम आयोजना गर्न सुरु गरेका थिए । पार्टीहरूबीच मेलमिलाप र राष्ट्रिय एकताको सन्देश दिन तत्कालीन एमालेले हरेक वर्ष चियापान आयोजना गर्दै आएको थियो ।
चियापानलाई भव्य बनाउने तयारीका लागि नेकपाले मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेको छ । उपत्यकास्थित जिल्ला कमिटीका नेता तथा जनसंगठनका पदाधिकारीहरू सहभागी भेलामा महासचिव विष्णु पौडेलले चियापान कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन निर्देशन दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । भेलामा चियापान तयारीका लागि जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।
३० हजार कार्ड बाँडिँदै
चियापान कार्यक्रममा आमन्त्रित हुने निम्तालुहरूका लागि नेकपाले ३० हजार कार्ड तयार पारेको छ । बुधबारबाटै आमन्त्रित व्यक्तित्वहरूलाई कार्ड बाँडिने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । पूर्वप्रधानमन्त्री, विभिन्न दलका अध्यक्ष र पार्टी नेताहरू, सांसदहरू, कूटनीतिक नियोगका प्रमुखहरू, प्रशासन र सुरक्षा अंगका प्रमुखहरू, विभिन्न क्षेत्रमा आबद्ध प्रतिष्ठित व्यक्तित्व, नागरिक समाज, उद्योगी–व्यवसायीलगायतलाई नेकपाले चियापानमा आमन्त्रण गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply