बुधबार २४औं वर्षमा
काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको यो साप्ताहिकले दुई दशकभन्दा लामो समय अर्थात् २३ वर्षमा धेरै आरोेहअवरोहसँग पौंठेजोरी खेलेको छ ।
शान्तिस्थापना, मानवअधिकारको रक्षा र आमूल परिवर्तनको पक्षमा यस साप्ताहिकले आफूलाई सधैं अग्रस्थानमा उभ्याएको छ । स्थापनाका सुरुका दिनमा कांग्रेसी सरकारको दमनकारी रवैयाविरुद्ध बुलन्द रूपमा प्रस्तुत हुनेदेखि लिएर यात्राका दौरानमा राज्य तथा विद्रोही पक्षका हिंसा, शाही ‘कु’ र त्यसले दिएको प्रताडनाविरुद्ध नै किन नहोस्, यो पत्रिका प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापनाका निम्ति कहिल्यै पछि हटेन, बरु अग्रणी भागमा आफूलाई उभ्याइरह्यो ।
२४औं वर्ष प्रवेशको यो घडीमा हामी जनपक्षीय पत्रकारिताको माध्यमबाट शान्ति स्थापना, गणतन्त्रको रक्षा, मानवअधिकारको रक्षा, विधिको शासन, भ्रष्टाचाररहित समाज स्थापनाजस्ता विषयमा विगतमा जस्तै सधैं प्रतिबद्ध रहने प्रण गर्दै छौं । यो अवसरमा हामी तमाम पाठक र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण सहयोगको अपेक्षा गर्दछौं ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply