आगलागीमा कर्मचारीकै लापरबाही
काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति भए पनि अझ पनि नेपाल विद्युत् प्राधिकरणले भने दिगो समाधानको बाटो खोज्न चाहिरहेको छैन ।
करिब एक वर्षअघि सो जलविद्युत् आयोजनाको विद्युत् गृहको ब्रेकरमा सर्ट सर्किट भएर आगलागी हुन पुगेको थियो । सो विद्युत् गृहमा रहेको आठवटा प्यानलमध्ये त्यतिबेला तीनवटा प्यानलमा आगलागी हुन पुगेको थियो । त्यसपछि आगलागी भएका तीनवटा प्यानलको मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइएको थियो । तर, मर्मत–सम्भार गरिएका तीनवटा प्यानलमा एक महिनाअघि फेरि आगलागी हुन पुग्यो ।
एक महिनाअघि मर्मत गरिएका प्यानलमा आगलागी हुँदा सुपरभाइजर गुन्जमान तामाङ गम्भीर रूपमा घाइते हुन पुगेका थिए । आगलागीमा परेर तामाङको शरीरको अधिकांश भाग जल्न पुगेको थियो । तामाङको अहिले अस्पतालमा उपचार भइरहेको छ । सोही आगलागीमा परी इन्जिनियर प्रवीण चौधरी पनि घाइते भएका थिए । आगलागीले उनको कपाल पुरै डढ्न पुगेको थियो ।
तर, पछिल्लो समय एक हप्ताअघि पुनः मर्मत गरिएको सोही प्यानलमा आगलागी हुन पुगेको छ । २१ मेगावाट क्षमता भएको सो विद्युत् गृहमा पटकपटक आगलागी भए पनि प्राधिकरणको व्यवस्थापनले भने त्यसबारे छानबिन गर्ने, दिगो रूपमा मर्मत गर्नेबारे कुनै चासो नदिएको बताइन्छ । व्यवस्थापन पक्षले चासो नदिँदा नै पटकपटक आगलागीको घटना हुन पुगेको बताइन्छ ।
सो आयोजनाको विद्युत् गृहमा पटकपटक आगलागी हुनुमा कार्यालय प्रमुख तारादत्त भट्टको हेलचेक्रयाइँ रहेको बताइन्छ । पटकपटक आगलागी भएपछि नियमित मर्मत गर्दा पनि चलाउन नसकिने भए कार्यालय प्रमुखले प्राधिकरणको केन्द्रलाई जानकारी गराउनुपथ्र्यो । तर, सो विद्युत् केन्द्रका प्रमुखले भने केन्द्रीय कार्यालयमा जानकारी नगराउने गरेका कारण त्यस्तो समस्या उत्पन्न भएको बताइन्छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply