ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण
हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भीमफेदीमा ढुंगा खानी धेरै रहेको र उत्खनन् गर्दा गाउँपालिकाको अधिकांश बस्तीको उठिबास लाग्ने भन्दै खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी हुन् ।
भीमफेदीमा शालिमार सिमेन्ट, हेटौंडा सिमेन्ट, नयाँ सिमेन्ट उद्योग ऋद्धिसिद्धि र शिवम् सिमेन्टका ढुंगा खानी सञ्चालन हुन लागेको भन्दै यसले भविष्यामा ठूलो क्षति निम्त्याउने बताइन् ।भीमफेदी र मकवानपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने ओर्खे खानीबाट हेटौंडा सिमेन्टले पहिलेदेखि नै सिमेन्ट ढुंगा उत्खनन् गरिरहेको छ । भीमफेदीमा शालिमार, ऋद्धिसिद्धि र शिवम्ले नयाँ चुनढुंगा उत्खननको लागि कदम अगाडि बढाएको रानाको भनाई छ । शालिमारले भीमफेदी–२ भैंसे, ऋद्धिसिद्धिले भीमफेदी–३ इचुङ र दमार तथा शिवम्ले भीमफेदी–५ दमार क्षेत्रमा नयाँ चुनढुंगा उत्खनन्को लागि अगाडि बढिरहेको जानकारी दिइन् ।उनले यसरी ४ वटा सिमेन्ट उद्योगले एउटै गाउँपालिकाका विभिन्न स्थानमा चुनढुंगा उत्खनन् गर्दा वडा नं. १, २, ३, ४, ५ र ६ का बस्ती क्षतविक्षत हुने बताइन् ।
‘भीमफेदीको डाँडा भरी नै ढुंगा उत्खनन् गर्दा बस्ती क्षतविक्षत हुन्छ । गाउँ नै उठिबास लाग्ने अवस्था आउँछ । यसलाई रोक्नु पर्छ ।– रानाले भनिन् । संघीय संरचनामा स्थानीय र प्रदेश सरकारको कार्य सञ्चालन सम्वन्धी डेमेक्रेसी रिसर्च सेन्टरले प्रकाशित गरेको तेस्रो आवधिक प्रतिवेदन सम्बन्धी प्रस्तुत र अन्र्त्क्रिया कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिका उपाध्यक्ष रानाले प्रदेश सरकारले भीमफेदीको खानी क्षेत्रको अनुगमन गर्न आवश्यक रहेको बताइन् । उपाध्यक्ष रानाले कार्यक्रममा सहभागी प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशसभा सदस्य मुनु सिग्देल र प्रेमबहादुर पुलामीको नाम नै लिएर प्रदेश सरकारमा भीमफेदीको समस्याको बारेमा कुरा उठाइदिन आग्रह गरेकी थिइन् ।
‘जनताले हामीलाई गाली गर्छन, यस्तो गरिस् उस्तो गरिस् भन्छन् । तर, खानी चलाउने विषयमा चाँही माथिबाटै सेटिङ मिल्दो रहेछ । यता गाउँलेको उठिबास लाग्दा हामीले हेर्नुपर्ने ।–’ रानाले सुनाइन्– प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँछु, भीमफेदीका खानी क्षेत्रको निगरानी राख्दिनु प¥यो । गाउँ उठिबास लाग्छ भने यसलाई बन्द गराउनु पर्छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply