लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने
काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी संघ पाटन एकाइको २२औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कानुनको एउटा अंग लेखापढी व्यवसायी भएकाले यसलाई अनुशासित र मर्यादित बनाउनुपर्ने बताए ।
उनले अदालतले नै लेखापढीलाई प्रमाणपत्र दिई जनताको सेवा गर्ने अवसर दिएको भन्दै विस्थापित गर्न नखोजिएको स्पष्ट पारे । उनले न्यायिक र अर्धन्यायिक सरकारी निकायका कामकारबाही अहिले प्रविधिमैत्री बन्दै गएको बताउँदै त्यसअनुसार सेवाग्राहीलाई लेखापढी व्यवसायीले सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले स्थानीय तहमा सर्वसाधारणलाई लेखापढी व्यवसायीले पु¥याएको योगदान उल्लेखनीय भएको बताए । उनले स्थानीयस्तरमा हुने जनताका कामलाई लेखापढी व्यवसायीले सहज बनाएको दाबी गरे । मालपोत कार्यालय ललितपुरका प्रमुख भीमकान्त पौडेलले वार्षिक ५ अर्ब रुपैयाँको राजस्व ललितपुर कार्यालयले मात्रै संकलन गरिरहे पनि सरकारले कार्यालयलाई ५ लाख रुपैयाँ पनि बजेट नदिएको भन्दै गुनासो गरे ।
साधारण सभाको कार्यसमितिका अध्यक्ष मीनराज दाहालले एसोसिएसनको वार्षिक प्रतिवेदन पेस गरेका थिए । सभामा एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले सरकार र मन्त्री स्वयंबाट आएका परिपत्र स्पष्ट नभएकाले लेखापढी व्यवसायीलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन पनि समस्या भइरहेको बताए । सभामा एसोसिएसनका पूर्वअध्यक्ष तेजप्रसाद ढकालले आफू स्वच्छ भएर काम गर्न व्यवसायीहरूलाई आग्रह गरे । कार्यक्रममा पेसामा संलग्न ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply