नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद
काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८ हजार रुपैयाँबराबरको व्यापार घाटा देखिएको हो ।
यस अवधिमा मुलुकले कुल ११ खर्ब ३१ अर्ब ४३ करोड ३५ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेकोमा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख रुपैयाँबराबरको आयात र ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार रुपैयाँबराबर मात्रै निर्यात गरेको भन्सार विभागको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष २०७४–७५ को सोही अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब १२ अर्बभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ९ महिना अवधिमा व्यापार घाटा करिब २३ प्रतिशतले बढेको देखिन्छ ।
व्यापार घाटा चुलियो
निर्यात>को तुलनामा आयात अत्यधिक बढेपछि विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि नेपालको व्यापार घाटा चुलिएको हो । विगतमा तराई आन्दोलन र भारतको नाकाबन्दीले ६ महिनासम्म व्यापार ठप्प भएपछि अघिल्लो वर्षको तुलनामा आयात–निर्यातमा कमी आएको थियो । यद्यपि नेपालको व्यापार असन्तुलन बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ । विगत तीन वर्षको अवधिमा नेपालले भारत, चीन र तेस्रो मुलुकबाट झन्डै १९ खर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा खरिद गरेको थियो । यसअवधिमा ३ खर्ब ४ अर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा निकासी भएको थियो । विगत तीन वर्षको अवधिमा १६ खर्ब रुपैयाँबराबरको व्यापार घाटा भएको तथ्यांक छ । गत वर्षको सोही अवधिमा नेपालको विभिन्न देशसँगको व्यापार घाटा ५ खर्ब ५७ अर्ब १२ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्म भारत, चीनलगायत तेस्रो मुलुकबाट ५ खर्ब ९९ अबए ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ खर्ब २८ अर्ब १० करोड रुपैयाँबराबरको आयात भएको थियो । चालू आवमा भारतबाट मात्र ३ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । यस्तै चीनबाट ९२ अर्ब ५३ करोड र तेस्रो मुलुकबाट १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको पाइएको छ ।
नेपालबाट ५५ अर्ब ६० करोड रुपैयाँबराबरको वस्तु भारत, चीन र तेस्रो मुलुकमा निकासी भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकासी व्यापार ७० अर्ब ९७ करोड रुपैयाँको थियो ।
चालू आवमा भारततर्फ ३० अर्ब ९८ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको थियो । यस्तै चीनमा १ अर्ब २४ करोड र तेस्रो मुलुकमा २३ अर्ब २६ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष कुल व्यापार ६.६ प्रतिशत बढेकोमा चालू आवको १० महिनामा ६.३ प्रतिशत घटेको सरकारी तथ्यांक छ । चालू आवमा नेपालले भारत, चीन र तेस्रो मुलुकसँग ६ खर्ब ५४ अर्ब रुपैयाँबराबरको व्यापार गरेको छ ।
वस्तुगत आधारमा भारततर्पm जिंक सिट, जीआई पाइप, जुस, पोलिस्टरलगायत वस्तु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायत वस्तुको निर्यात घटेको छ । तेस्रो मुलुकतर्पm ऊनी गलैंचा, तयारी पोसाक, पस्मिना, चियालगायत वस्तुको निर्यात बढेकोे छ ।
वस्तुगत आधारमा रासायनिक मल, दूरसञ्चारका उपकरण तथा पार्ट्स, तयारी पोसाकलगायत वस्तुको आयात बढेकाले चीनबाट बढी आयात भएको हो । पेट्रोलियम पदार्थ, बिलेट, रासायनिक मललगायत वस्तुको आयात घट्दा भारतबाट चाँदी, हवाईजहाजका पार्टपुर्जा, खानेतेल, सुपारीलगायत वस्तुको आयात घट्दा अन्य मुलुकबाट भएको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाका र सुक्खा बन्दरगाह भन्सार नाका, वीरगन्ज नाकाबाट निर्यातमा वृद्धि भए पनि अन्य भन्सार नाकाबाट हुने निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज नाकाबाट हुने आयातमा कमी आएको छ । यस्तै अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार नाका भने सुचारु हुन सकेको छैन ।
आयात ९३ र निर्यात ८ प्रतिशत
यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलव ८ प्रतिशत र निर्यातको हिस्सा ६ दशमलव २ रहेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आयात भएको वस्तुमा इन्धन तथा पेट्रोलियम पदार्थ आयात भएको देखिएको छ ।
नौ महिना अवधिमा नेपालले कुल १ खर्ब ८२ अर्ब ४४ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल १ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
त्यसैगरी सोही अवधिमा १ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँबराबरको फलाम तथा स्टिलका सामग्री नेपाल भित्रिएका छन् । मेसिनरी वस्तुको आयात ८९ अर्ब ७७ करोड रुपैयाँबराबर, सवारीसाधनको आयात ६९ अर्ब ८० करोड रुपैयाँबराबर र विद्युतीय सामग्रीको आयात ६५ अर्ब ७१ करोड रुपैयाँबराबर भएको देखिन्छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले बढी निर्यात गरेका वस्तुहरूमा सबैभन्दा धेरै ७ अर्ब ३५ करोड रुपैयाँबराबरको वनस्पति घ्यू निर्यात भएको छ । त्यसैगरी ७ अर्ब २४ करोड रुपैयाँबराबरको लत्ताकपडा, ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कार्पेट, ५ अर्ब ६८ करोड रुपैयाँबराबरको चिया तथा कफी र ४ अर्ब ९७ करोड रुपैयाँबराबरको स्टिल तथा फलामका वस्तु निर्यात भएका छन् ।
२८ देशसँग व्यापार तर न्यून नाफा
नेपालले विश्वका १ सय ५१ देशसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ देशसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १ सय २८ देशसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका देशको कारोबार भने अत्यन्तै न्यून छ । ती देशसँग नाम मात्रैको व्यापार भएको तथ्यांकले देखाएको छ ।
छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार रुपैयाँबराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार रुपैयाँबराबरको मात्रै निर्यात भएको छ ।
निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार रुपैयाँबराबरको व्यापार घाटा रहेको छ ।यस्तै उत्तरी छिमेकी देश चीनबाट एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ मूल्यबराबरको सामान आयात हुँदा एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार रुपैयाँ मूल्यबराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।
नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । सो देशसँग २६ अर्ब ७० करोड चार लाख ६२ हजारबराबरको व्यापार घाटा छ । ती देशबाट २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजारबराबरको सामान आयात हुँदा ११ करोड ८७ लाख ३३ हजारबराबरको मात्रै निकासी भएको छ । यस्तै नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग १६ अर्ब ४० करोड ११ लाख ४७ हजारबराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजारबराबरको सामान आयात गर्दा ९६ करोड ६८ लाखबराबरको मात्रै सामान निकासी भएको छ ।
इन्डोनेसिया, थाइल्यान्ड, क्यानाडा, मलेसिया, स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ । नेपालको कुल व्यापार हुने मुलुकमध्ये बहराइमा ८ लाख ६९ हजार, यमन १ करोड ८२ लाख ८७ हजार, अल्जेरिया ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा २ लाख ७८ हजार, न्यु क्यालेडोनिया १ करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजारबराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ ।
चालू आवको नौ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख ४ हजार रुपैयाँबराबरको आयात भएको छ । यस्तै त्यही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार रुपैयाँबराबरको मात्रै सामान निर्यात भएको छ भने यस हिसाबले व्यापार घाटा मात्रै नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार रुपैयाँबराबरको रहेको छ ।
४६ देशमा निर्यात शून्य
विभागका अनुसार कुल ४६ देशमा भने कुनै मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क देशमध्ये पाकिस्तानसँग पनि ४५ करोड १४ लाख ४६ हजार रुपैयाँबराबरको व्यापार घाटा छ भने भुटानसँग १ अर्ब ५ करोड ६० लाख ५५ हजारबराबरको घाटा रहेको छ । शृंखलाासँग २१ करोड ७२ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने १ करोड ४७ लाख ८४ हजार रुपैयाँबराबरको नाफामा रहेको छ । यस्तै बंगलादेशसँग २ अर्ब ४६ करोड ७ लाख ५८ हजारबराबरको व्यापार घाटा रहेको छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply