प्रधानमन्त्रीे युरोप भ्रमणमा
काठमाडौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा छन् । उनी नौ दिनका लागि भ्रमणमा निस्केका हुन् ।
युरोपका स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्यान्डको जेनेभामा आयोजना भएको अन्तर्राष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गरे ।
त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गरे । त्यहाँ अक्र्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्नेछन् । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीले बेलायतपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्तासँग नेपालमा लगानी भिœयाउने विषयमा समेत छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आगामी १ असारमा स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply