निगमको उही ताल
काठमाडौं । भ्रष्टाचारले थिलथिलो भएर कर्मचारीले तलब खान समेत धौ–धौ परेको नेपाल वायुसेवा निगममा पछिल्लो समय भद्रगोल भएको छ । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । उसले सरकारसँग पैसा माग गर्दै आएको छ । उसको अहिले ३७ अर्ब रुपैयाँ घाटा रहेको छ । तर, जहाज चढ्ने र चढाउने निजी कम्पनीहरू सधैं नाफामा रहेका छन् । सायद यही बुझेर निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अब निगमलाई सरकारले पैसा नदिने बताए ।
उनले अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्ने उनको भनाइ छ । आफ्नै जिल्लावासी मदन खरेल निगमको अध्यक्ष भएर आएका बेला ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका हुन् । उनले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रहसमेत गरेका छन्, तर कर्मचारी व्यवस्थापन र आवश्यक अन्य व्यवस्थापन नगर्दा निगम अझै घाटामा जाने देखिन्छ । तर, यस्तो संस्थामा वायुसेवा निगम सुधार होइन कि मालदार विभागमा गएर पैसा कुम्ल्याउन विभागीय प्रमुखहरूबीच हानथाप भएको छ । निगममा राम्रा विभागहरूमा सरुवा हुन निर्देशक तहका कर्मचारीहरूबीच गुटबन्दी र तीव्र चलखेल सुरु भएको छ । निगमको सबैभन्दा आकर्षक र कमाइको अखडाका रूपमा चिनिने कमर्सियल डिपार्टमेन्टमा बसेर अकूत सम्पत्ति कमाएको आरोप लाग्दै आएका जनकराज कालाखेती अहिले पुनः कमर्सियल विभाग या अर्थ विभागमा सरुवा हुन कस्सिएका छन् । कमर्सिएल विभागमा अहिले निर्देशक टंकनिधि दाहाल छन् । दाहाल प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका हुन् । कार्यकारी अध्यक्ष खरेलसँगै उनी गत साता मात्रै जापान पुगी फर्किएका थिए । त्यसैगरी अर्थ विभागमा युवराज अधिकारी छन् । विगतमा यौन दुराचारको अभियोगमा कारबाहीसमेत भएका उनी त्यसअघि कानुन विभागमा थिए ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply